शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नाउर गणना गरिदै “हिउचितुवाको आहाराको अनुगमन”

जैतुन अनलाइन | 2020-11-08

दुनै : डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नाउर गणाना गरिने भएको छ । बिश्वमै दुर्लभ हिउ चितुवाको प्रमुख आहाराको रुपमा रहेको नाउर गणना गर्न लागिएको हो ।
डब्लु डब्लु एफको आर्थिक तथा प्राबिधिक सहयोगमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको करिब १३६६ स्क्वायर वर्ग मिटर क्षेत्रफलमा ६ वटा संरक्षण ब्लग तयार गरि नाउर गणना गर्न लागिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।
सन २०१८ देखि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नाउरको गनणा थालिएको थियो । प्रति एक वर्ग मिटरमा चार वटाका दरले पाइने नाउर सन २०१८ मा २०७२ वटा,२०१९ मा ४१३४ वटा नाउरको गणना गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत पौडेलले बताए । उनका अनुसार २०१८ र १९ को तुलानामा २०२० मा के कति अन्तर ५ भनेर यकिन तथ्याङ्क तयार पार्नको लागि नाउरको गणना थालिएको दावी गरे ।
बिश्वको सबैभन्दा धेरै घनत्वमा हिउचितुवा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पाइने दावी रहेपनि हिउ चितुवाको आधिकारीक तथ्याङ्क भने आउन बाँकी छ । गत बर्ष दुई वटा हिउ चितुवामा जिपीएस रेडियो कलरिङ गरेर हाल हिउचितुवाको अनुसन्धान भई रहेको निकुञ्जले जानकारी दिएको छ ।
हिउ चितुवाको प्रमुख आहारा मानिने नाउर गणना गरे पश्चात हिउ चितुवाको अबस्थाबारे जानकारी लिन सजिलो हुने भएकोले पनि सन २०१८ देखि नाउरको गणना गरि रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।
गत बर्ष ४२ वटा ब्लगमा गणना गरिएको नाउर यस पटक ६ वटा संरक्षण ब्लग भित्रका ६८ वटा वाटरसेटमा करिब ६५ जनाले हिउ चितुवाको आहारा नाउरको गणना गर्ने पौडेलले बताए ।
निकुञ्ज,मध्यवार्ति,हिउचितुवा संरक्षण समिति र स्थानीय सरकारको सबैको सक्रियतामा नाउर गणना गरिने छ । टोलीले ल्याएको तथ्याङ्क बिभागले मात्रै सार्वजानिक गर्नपाउने निमित्त प्रमुख संरक्षण अधिकृत पौडेलले जानकारी दिए ।
हिउ चितुवाले पछिल्लो समयमा स्थानीयका गोडा,च्याङग्रा र याक मारिदिने गरेपछि आहाराको मात्रा घट्दै गएकोले पनि घर पालुवा चौपाया मार्न थालेको हुन सक्ने अनुमान निकुञ्जको छ । गत आर्थिक बर्षमा मात्रै हिउ चितुवाले मारेका चौपायाको निकुञ्जले १९ लाख राहात बितरण गरेको र यस आर्थिक बर्षमा ५० लाख भन्दा धेरै आउने आँकलन गरेको पौडेलको छ ।
हिउ चितुवा बढि रहेको र उसको आहारा घट्दो क्रममा भएको कारण पनि घरपालुवा चौपाया मारेको हुन सक्ने शे–फोक्सुण्डो गाँउपालिका ९ का वडा अध्यक्ष लार्काया लामाले बताए । उनि भन्छन निकुञ्जको कोर क्षेत्रमा २४ वटा गाँउछन हरेक बर्ष हिउ चितुवाले चौपाया मारिदिन्छ ।
बिश्वमै लोपउन्मुख हिउ चितुवा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पाइनु र यसको संरक्षण पश्चात निकुञ्जको मात्रै नभएर देशकै शिर उच्च रहने निकुञ्जको बिश्वास छ ।
हिउ चितुवा र नाउर गणनाको तथ्याङ्क आए पछि निकुञ्जका पोष्ट ब्यवस्थापन देखी सुरक्षा ब्यवस्था समेत मिलाउन सहज हुने निकुञ्जको दाबी छ ।