पश्नै ???पश्न ??? ठाकुरप्रसाद रेग्मी ‘खाम्तेले’

जैतुन अनलाइन | 2020-11-05

विवेकमा पनि जात छुट्टीएन विचारमा पनि जात तलमाथी परेन पसिना सबैको नुनिलो र तरल हुन्छ । अनि रगत पनि सबै मान्छेको रातो हुन्छ । अनि मान्छेहरुको जात कसरी ठूलो र सानो हुन्छ ? सबै मानिस नौ महिना गर्भमा बस्छन् सबै उसरी नै बाहिर आउछन् उहि हावा सास फेर्छन् त्यही पानी पिउँछन्, सबै समाजमा नै जिउछन् अनि कसरी कोहि ठूलो जात कोही सानो जात भयो । बेदमा ठूलो र सानो जात नभएको मान्छे सबै बराबर भएको भनि विद्धवानहरु बताउछन् । बेदको नै हाम्रो धर्म शास्त्रको मूल आधार हो भने यो ठूलो जात त्यो सानो जात काहाँ बाट आयो ? ब्राम्हण कुलमा ब्राम्हणीको कोखबाट जन्मीएको ब्राम्हण दिउसैँ चौबाटोमा जाँडले मातेर लर्बराउदैँ र्बबराउदैँ सुगुरको चोक्टा र कोदाको छोक्रा उल्टी गर्दै हिड्दछ उता दलित सानो जात भनिने मान्छे धर्म संस्कार मर्यादामा बसेको छ भने यि दुई वटामा कुन मान्छे ठूलो जात हो ? अनि कुन मान्छ सानो जात हो ? यदि जात सानो ठूलो हुनै पर्दछ भने अब राष्ट्रले, समाजले जातको वर्गिकरण गर्ने बेला आयो ।

ठूलो सानो जात कुल हेरेर नभई सस्कार र आचरण हेरेर छुट्याउनु पर्दछ की पर्दैन ? ठूला जात भनाउदाँहरुले जे जे गरे पनि ठूलै रहने सानो पारिएकाहरु आचरणमा निखार ल्याउदाँ पनि सानै भइरहने हो भने याहाँ खै न्याय ? सबैलाई बराबर न्याय दिने काम सरकारको हो न्याय कहिले पाइएला ? अझै कति प्रतिक्षा गर्नु पर्ला ? युगौँ देखी पिल्सीएकाहरुको पश्न हो यो । तिनै दलित सानो जात दमाई दाइले कपडा नसिँलाए तपाईँ हाम्रो ठूलाजातको लाज नछोपिने, आँङ नढाकिने जेन्टलमेन बन्दा किन छोइएन ? अनि तिनै अछुत कामी दाइले बनाएका गहना टल्काउदैँ झल्काउदैँ ठूलो धनाड्य देखिदाँ नछुइने जात पनि नजाने किन ? सिर देखी खुट्टाका औँला सम्म अछुतले बनाएका गहना र तिनै कामी दाइले तरतर पसिना चुहाउदैँ बनाएका भाँडामा पकाएर पस्किएर खाँदा कति मिठो भएको अनि नछोइएको पनि आश्चर्य ? कामी दाइले देवताका मुर्ती बनाउछन् , खुट्टाले टेकीटेकी । त्यही मन्दिरमा स्थापना गरेपछी उनैले दर्शन गर्न नपाउने कस्तो आश्चर्य लाग्दो कुरा ।

अनि अर्को अछुत सार्की दाइले मिहनत गरी सिलाएका जुत्ता लगाएर ठमठम हिड्दाँ अति आन्नद आएको छुतहरुलाई । ठूलाजातीहरुका घरभित्र बाख्रो पस्छ , कुकुर पस्छ , विरालो पस्छ , तर मान्छे भएर पनि साना पारिएका जातीहरु भित्र पस्न पाउदैँनन् किन ? के कुकुर विरालो बाख्रो भन्दा पनि दलित भनिने मान्छहरु सानै हुन त ? यदि हैन भने यस्तो किन ? श्रम चल्ने, सीप चल्ने , बुद्धी चल्ने, विवेक चल्ने, संम्बाद चल्ने, योवन पनि चल्ने तर पानी किन नचल्ने ? पानीमा के छ त्यस्तो तत्व दलितले छुदाँ त्यो नष्टहुन्छ र निकम्मा हुन्छ ? बीसे नगर्चीको सुझाव पृथ्वीनारायण शाहलाई चल्यो । उनकै सल्लाह मुताविक नेपाल एकिकरण भयो । सबरीको जुठो वयर दशरथ पुत्र श्रीराम लाई चल्यो, तर याहाँ यस्तो किन ?

कामीदाइले धुवाँधुलो र खरानीमा पिल्सीएर कोदाली फाली आदी औजार नबनाए छुतहरुको मुखमा माड नलाग्ने दरवार देखी लिएर घरवार सम्मको सुरक्षा नहुँने । बन्दुक, तरवार, खुँडा खुकुरी, हसिँया, कृषी औजार र विलासिता अनि शौन्दर्यका गरगहनाहरु अछुतले बनाउने । ति चै चोखा हुने ? अनि अर्को दलित सार्की दाइले चपाइको गोठमा मरेर लम्पसार परेको पशुको सफाइ गनुपर्ने ? अनि अर्को दलित डोमले तपाईँ हाम्रो रछ्यान ट्वाइलेट सफा गरि हामी तपाईँलाई रोग र दूर्गन्ध बाट सुरक्षीत बनाउने इत्यादी गुण लगाउदाँ पनि उनिहरु अछुत हुने ? सानो जात कहलिने ? कस्तो अन्याय ? कस्तो मनमौजी हो यो ? पहिले त हामी मान्छे एउटै धर्ती टेकेका, एउटै आकाश ओढेका, जीउदोँ हुदाँ जन्ती मर्दा मलामी, संगसगैँ भोट र भारत गर्नृे सहयात्री ।

हामी तपाईँको कुनै पनि शुभ कार्य, मेला पर्व,उत्सव, महोत्सव, विवाह ब्रतबन्ध, पास्नी छेवर जुन कार्यमा पनि दमाई दाइले संगीत भर्नु हुन्छ, बाजाहरु बजाई मनोरन्जन गराउनु हुन्छ । कामी दाइले बाजा निर्माण गर्नुहुन्छ झ्याम्टा, सहनाइ नरहिगां, कर्नाल, दमाहा आदी । अनि सार्की दाइले दमाहा ढोलक ट्याम्को आदी बाजाहरुमा छाला मोरी सुन्दर बाजाहरु तयार पारी यसरी मिलिजुली तपाईँ हाम्रो आवश्यकता पुरा गर्नुहुन्छ । तर उनिहरुलाई नै हेला होचो गनु आश्चर्य ? दुनियामा कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ । यसरी आफ्यारो काम गरी हरेक क्षेत्रमा योगदान पु¥याउनेहरुलाई प्रोत्साहन सम्मान र पुरस्कृत गर्नु पर्ने तर याहाँ त अपहेलना गरिन्छ । उनिहरु माथी अन्याय गरिन्छ । उनिहरु अछुत हुदैँहैनन् उनिहरुलाई अछुत पारिएको हो भन्छु म त । त्यो सेतो छाला भएको विदेशी संस्कृती संस्कार आचरण धर्म प्रवृती अर्कै भएको गाईलाई रेटेर झुण्ड्याई जीउदैँ छाला काड्ने त्यो चै छुत ? देख्दे सलाम ठोक्ने ? साहेब भनि सम्बोधन गरिने ? घर भित्र मात्र हैन् पुजाकोठामा समेत प्रवेश पाउने तर हाम्रा आफ्नै दाजुभाइ सहयात्रीहरुलाई छोइछिटो गर्नु हामीलाई धिक्कार छ । को आफ्नो को पराई छुट्याउन नसकेकोमा खेद लाग्दछ ।

लेखक : ठाकुरप्रसाद रेग्मी ‘खाम्तेले’

बराहक्षेत्र ७, सुनसरी