दुनै : अनसनरत डाक्टर गोबिन्द केसिको सर्मथनमा डोल्पाका चिकित्सकले धर्ना गरेका छन । २५ दिन देखी अनसनमा रहेका केसिको सर्मथनामा डोल्पा जिल्ला अस्पतालका चिकित्सकले बिहान ९ बजेदेखी ११ बजे सम्म धर्ना दिएका हुन ।
चिकित्सक संघले बुधबार देशभर आन्दोलन गर्ने घोषणा गरे अनुसार जुम्लाबाट १९ औँ पटक सत्याग्रह सूरु गरेका डाक्टर केसिको सर्मथनमा जिल्ला अस्पतालका स्वास्थ्यकर्मिहरुले दुईघण्टा धर्ना गरेको डाक्टर मछिन्द्र बडुवालले जानकारी दिए । उनका अनुसार दुईघण्टा धर्ना बसेको र दिनभर ओपीडिमा कालो पट्टिी बाधेर सेवा दिएको बताए ।
आइम उईथ डाक्टर केसि,सेभ डाक्टर केसि,मेडिकल माफिया मुर्दाबाद,राजनितिक हस्तक्षेप बन्द गर जस्ता नारा लेखिएको पम्प्लेट बोकेर जिल्ला अस्पताल अगाडि डाक्टर केसिको चिकित्सक सहित स्वास्थ्यकर्मिले धर्ना दिदै सरकारको ध्यानाकर्षण गराएका छन ।
डाक्टर केसिको माग सम्बोधन तत्तकाल हुनुपर्ने डाक्टरको ज्यान बचाउनु पर्ने धर्नामा रहेका चिकित्सकको भनाइ छ । चिकित्स संघको जारी निर्देशन अनुसार डोल्पामा पनि आन्दोलनको एक स्वरुप कालो पट्टि बाँधेर धर्ना गरिएको डाक्टर बडुवालले बताए ।
आधा दर्जन भन्दा धेरै पटक डाक्टर गोबिन्द केसीले डोल्पामा आएर निशुल्क उपचार गरि सकेका छन । माथिल्लो डोल्पामा सम्म पुगेका गोबिन्द केसि १९ औँ सत्याग्रहमा बस्नु भन्दा पहिला पनि डोल्पामो जगदुल्ला गाँउपालिकामा आएर उपचार गरि फर्र्किएका थिए ।