जिल्ला अस्पताल डोल्पाका चिकित्सक अनसनरत डाक्टर गोबिन्द केसिको सर्मथनमा

जैतुन अनलाइन | 2020-10-06

दुनै : अनसनरत डाक्टर गोबिन्द केसिको सर्मथनमा डोल्पाका चिकित्सक पनि उत्रिएका छन । १९ औँ पटक सत्याग्रहमा रहेका डाक्टर गोबिन्द केसिको सर्मथनमा जिल्ला अस्पताल डोल्पाका सम्पूर्ण स्वास्थ्यकर्मिहरुले सर्मथन जनाएका हुन ।
आइम उईथ डाक्टर केसि,सेभ डाक्टर केसि,मेडिकल माफिया मुर्दाबाद,राजनितिक हस्तक्षेप बन्द गर जस्ता नारा लेखिएको पम्प्लेट बोकेर जिल्ला अस्पताल अगाडि डाक्टर केसिको सत्याग्रहको सर्मथन गर्दै चिकित्सक सहित स्वास्थ्यकर्मिले सरकारको बिरोध गरेका छन ।

१९ ‍‍‍औँ सत्याग्रहमा रहेका डाक्टर गोबिन्द केसिको समर्थनमा जिल्ला अस्पताल डोल्पाका चिकित्सकहरु

जुम्लाबाट १९ औँ सत्याग्रह सूरु गरेका डाक्टर गोबिन्द केसिको माग  सम्बोधन हुनुपर्ने  एक असल डाक्टरको ज्यान लिन खोजिएकोले ज्यान बचाउ भन्ने मागका साथ सर्मथन गरिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले बताए ।
डाक्टर रावलले भने डाक्टर केसिले दुर्गममा बसेर सेवा दिनु निस्वार्थ काम गर्नु,चिकित्सा क्षेत्रको सुधारको लागि माग राखि बोल्नु सकारात्मक छ डाक्टर केसिका माग सम्बोधन गर्दै उनको ज्यान बचाइयोस नत्र चिकित्सकको बिरोध भइ नै राख्ने दावी गरे ।
आधा दर्जन भन्दा धेरै पटक डाक्टर गोबिन्द केसीले डोल्पामा आएर निशुल्क उपचार गरि सकेका छन । माथिल्लो डोल्पामा सम्म पुगेका गोबिन्द केसि १९ औँ सत्याग्रहमा बस्नु भन्दा पहिला पनि डोल्पामो जगदुल्ला गाँउपालिकामा आएर उपचार गरि फर्र्किएका थिए ।

डाक्टर गोबिन्द केसिको समर्थनमा जिल्ला अस्पताल डोल्पाका स्वास्ठ्यकर्मिहरु