कर्णालीमा शिक्षा अन्तरगत जगदुल्ला र मुड्केचुलाका १८ सामुदायिक बिद्यालयलाइ शैक्षिक सामाग्री हस्तान्त्रण

जैतुन अनलाइन | १९ आश्विन २०७७, सोमबार

दुनै : कोरोना महामारिको कारण करिव ६ महिनादेखी बन्दा रहेका बिद्यालयहरु अझै पनि खुल्न सकेका छैनन । बन्द अबस्थामा रहेका बिद्यालय खुल्ने बित्तिकै बालवालिकाहरुले अध्ययन गरुन भन्ने हेतुले प्लान ईन्टरनेशनल र किर्डाक नेपाललले दुई स्थानीयतहका १८ सामुदायिक बिद्यालयमा शैक्षिक सामाग्री हस्तान्त्रण गरेको छ ।
प्लान ईन्टरनेशनल र किर्डाक नेपालको साझेदारिमा सञ्चालित कर्णालीमा शिक्षा कार्यक्रम अन्तरगत डोल्पाका जगदुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकाका १८ सामुदायिक बिद्यालयका बालवालिकाहरुलाइ शैक्षिक सामाग्रि हस्तन्त्रण गरिएको प्लान नेपालकी जिल्ला संयोजक सविना बोहोराले जानकारी दिईन ।
संयोजक बोहोराका अनुसार कोरोनाले घरमै थन्किएका बालवालिकाको पठनपाठन सिप बिकास,क्षमता बिकास अभिबृद्धि गर्न र घरैमा बसेर बालवालिकाको पठनपाठन बानीको निरन्तरता होस भनि सिकाई सामाग्रिहरु दुई गाँउपालिकाका १८ सामुदायिक बिद्यालयका बालवालिकाहरुलाइ बितरण गरिएको बताई ।


लामो समय देखि पढाई तथा सिकाइ बिर्सेका सामुदायिक बिद्यालयका वालवालिकाहरुले यस्तो कोरोना महामारिको बेलामा घरमै बसेर रमाइला पठनपाठन सिकाई सामाग्री पाउदा वालबालिकाहरु हर्सित भएको महादेब आधारभुत बिद्यालयका प्रधानाध्यापक हिराबहादुर थापाले जानकारी दिए ।
थापाले भने कोरोनाको कारण बिद्यालय खुलेका छैनन वालवालिकाले यिनै सामाग्रीबाट भएपनि आफनो पढाइ सिपको निरन्तरता दिनेमा बिश्वास लिएका छौ यसमा अभिभाबकले समेत बालवालिकाहरुलाइ पढाउनमा जोड दिन आग्रह गरे ।
दुई गाँउपालिकाका १८ सामुदायिक बिद्यालयका बालवालिकाका लागि स्वास्थ्य सामाग्री,फील्पचार्ट,पोष्टर,शिक्षक निर्देशिका,सन्दर्भ सामाग्री,अभ्यास पूस्तिका,बर्णमाला,अंकगोटी लगायतका अन्य पढाईमा सहयोग पूर्याउने शैक्षिक सामाग्री आफुहरुले पाएको त्रिपूरा कागमारा आधारभुत बिद्यालयका प्रधानाध्यापक दत्तबहादुर बोहोराले जानकारी दिए ।


कोरोनाको कारण बालवालिकामा पढ्ने बानी शुन्यतामा झरेकोले प्लान नेपाल र किर्डाक नेपालले कर्णालीमा शिक्षा कार्यक्रम मार्फत प्रदान गरेका शैक्षिक सामाग्रीले निकै ठुलो सहयोग पुग्ने र सबै शिक्षकले समुदायमा पुगेर बालवालिकाहरुलाइ पढाइमा निरन्तरता दिन आग्रह गर्ने सामुदायिक बिद्यालयका शिक्षकहरुले शैक्षिक सामाग्री बुझदै खुसी ब्यक्त गरे ।
डोल्पामा प्लान ईन्टरनेशनल नेपाल र किर्डाक नेपालले कर्णालीमा शिक्षा कार्यक्रम मार्फत पढाईलाइ प्रभाबकारी बनाउन ठुलो भुमिका खेली रहेको छ । कोरोना भाईरसले बिद्यालयहरु बन्द अबस्थामा रहेपनि बिद्यालयहरुमा साबुन पानीले हात धुने ब्यवस्थाका साथै मास्क,सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रि समेत ब्यवस्थापन गरिदिएको छ ।