ए सरकार
तलाई पहिलो सम्बोधन कुन अक्षर बाट सुरुवात गरु
जहाँ थुप्रै सम्बोधन सुन्नेहरु आतुर छन्
तलाइ कुन शब्द बाट देशको परिभाषा गरु
त्याहा नाम र मान बिर्शिनेहरु छन
म त देशको सबैभन्दा गरिब मान्छे
म त देशको सबैभन्दा लाटो मान्छे
त्यसैले
आज म मृत्यू सैयाबाट सरकारलाई सम्बोधन गर्दै छु
म अस्पतालको सैया मा मृत्यू कुरि बसी रहेको छु
तर त भने मौन भएर बसिरहेको छस
मेरा पीडाले भरिएका आँखाहरु मात्र चलेका छ्न
त भने यहा मनपरी पाराले देश डुलेको छ्स
म भने सिटामोल नपाएर छट्पटाई रहेको छु
त भने टाउकाे दुखे बिदेशी अस्पतालमा उपचार गर्छ्स
आज
त सङ्ग मेरो तुलना गर्दा फरक यहि पाएको छु
म गरिब भएर पनि हरेक नशा नशामा देश बोक्छु
नियम बिपरित काम गरेको चिरफार गर्छु
भष्टचारी विरुद्ध लड्छु अन्याय बिरुद्ध लड्छु
झोलामा औषधिका क्याप्सुल बोकेर
बिकट बस्ती लाई झुक्याएर खान्छु
थाहै नदिइ चुपचाप बस्तिलाइ सडकमा पुर्याएर
मुर्दाबाद का नारा चोक र सड्कमा लगाउन लाउछु
त्यस कारण ए सरकार
समातियोस मलाई अपराधी खाना पुर्याइयोस मलाई
देश बिपरित काम गरेको आरोप लगाइयोस
अदालतमा बयान मागियोस
र जन्म कैदको फैसला सुनाइयोस
तेरा पछि त सिङ्गो कानुन छ र पो त सङ्ग सब छ्न
म के गर्न सक्छु र एक निर्दयी मानव न परे
देश मेरि आमा हुन भन्दै कराउदा पनि म
न सुन्ने छ्न न मेरो समर्थन गर्नेहरु छ्न यहाँ
छन त छ्न पागल भयो भनेर मलाइ
सडकका पेटी चोकमा खिसी उडाउने छ्न
त्यसैले ए सरकार
तलाई पहिलो सम्बोधन कुन अक्षर बाट सुरुवात गरु
जहाँ थुप्रै सम्बोधन सुन्नेहरु आतुर छन्
तलाइ कुन शब्द बाट देशको परिभाषा गरु
त्यहा नाम र मान बिर्शिनेहरु छन
धनगिरी फडेरा (आफन्त)