ठुलीभेरी नगरपालिकामा न्यायिक समिति र मेलमिलाप कर्तालाइ प्रशिक्षण दिईदै

जैतुन अनलाइन | 2020-10-04

दुनै : न्यायिक समिति र मेलमिलापकर्तालाइ नगरपालिकाले प्रशिक्षण थालेको छ । डोल्पाको ठुलीभेरी नगरपालिकाले आफ्ना स्थानीयतहका मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीहरुलाइ न्याय तथा मेलमिलाप सम्बन्धी कानुनी प्रशिक्षण दिन लागेको हो ।
पछिल्ला समयमा गाँउ स्तरमा बिभिन्न खाले घटनाहरु घट्ने तर संघियता पछि स्थानीयतहमा नै मेलमिलाप र न्यायिक समितिले न्याय दिने बेलामा अझैपनि जिल्ला प्रशासन,प्रहरी र अदालतमा पुग्नुपर्ने बाध्यत रहेकोले स्थानीयतहका न्यायिक समिति र मेलमिलापकर्तालाइ सक्रिय बनाउन प्रशिक्षणको थालनी गरेको ठुलीभेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर रानाले जानकारी दिए ।

हामी बिभिन्न कारण केहि न्यायका क्षेत्रमा पछि परेको हौ अब न्यायको लागि नागरिकलो सदरमुकाममै धाउन पर्दैन नगर प्रमुख गणेशबहादुर शाहीले आश्वासन दिए । नगर तथा गाँउपालिकाको उपलाइ न्यायको जिम्मेवारी तोकी सकेको अबस्थामा नागरिकलाइ न्याय दिलाउनेमा अब कुनैपनि हालतबाट न्यायिक समितिले गर्ने नगर उपप्रमुख योगेन्द्रबहादुर शाहीले प्रतिबता जनाए ।


न्यायिक समिति र मेलमिलापकर्ताहरुलाइ जिम्मेवार बनाउन पहिलो पटक प्रशिक्षण गराउन लागेको नगरपालिकाले निकै राम्रो काम गरि रहेको र अझैपनि न्यायका बारेमा कानुनी ब्यवस्था बारे अन्यौल रहेकोले यो प्रशिक्षणबाट न्यायिक समिति प्रष्ट हुनेमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बिश्वास ब्यक्त गरे ।
न्याय तथा मेलमिलाप सम्बन्धी प्रशिक्षण पश्चात हरेक वडा तथा बस्तिस्तरमा हुने साना देखी ठुला घटनाको कानुन संगत रुपमा मिल्ने मेलमिलाप तथा न्याय दिलाउने काम स्थानीय सरकारले गर्ने बिश्वास धेरैको रहेको छ ।