भिरबाट लडेर ८ बर्षिया वालिकाको ज्यान गयो (वालवालिका सुरक्षित राख्नु प्रहरीको आग्रह )

जैतुन अनलाइन | 2020-10-04

 दुनै : डोल्पामा भिरबाट लडेर ८ बर्षिया वालिकाको ज्यान गएको छ । जिल्लाको ठुलीभेरी नगरपालिका ७ बर्ष ८ की जेनिशा बि.क.को भिरबाट लडेर ज्यान गएको हो ।
बिहान करिव ९ बजेतिर आमासंगै दाउरा काट्न बनमा गएकी जेनिशा दार बिसाउने डाँडामा आमाको पछिपछि दौडिदै गर्दा भिरबाट करिव ६) मिटर तल खसेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।
डिएसपी पाण्डेका अनुसार भिरबाट लडेर गम्भीर घाइते भएकी जेनिशाको प्रहरीले घटना स्थलबाट उद्धार गरि जिल्ला अस्पताल ल्यउदा ल्याउदै बाटैमा उनको ज्यान गएको बताए । जेनिशाको टाउकोमा चोट धेरै लागेको थियो ।
घटान भएको जानकारी पाउने बित्तिकै जिल्लाबाट प्रहरी निरिक्षक हरिराम डाँगीको नेतृत्वमा घटना स्थल पुगेको प्रहरीले ८ बर्षिया बालिकालाइ चाहेर पनि बचाउन नसेको भन्दै प्रहरीले अभिभाबकलाइ भिरालो बाटो,पहाड,र सके सम्म बनमा नलैजान आग्रह गरेको छ ।
कोरोनाको कारण बिद्यालय खुलेका छैनन बालिवालिकाहरु अभिभाबकसंग बनमा गोठालो,दाउरा घाँस गर्न जाने र आभिभाबकले थाहा नपाउदै साना वालवालिकाको अकालमै ज्यान जानेको गरेको भन्दै वालवालिकाको सुरक्षामा ध्यान दिन डिएसपी पाण्डेले सबैलाई अनुरोध गरे ।
भिरबट लडेर गम्भीर घाईते भएकी जेनिशाको बाटैमा मृत्यू भएपछि जिल्ला अस्पतालमा पोष्ट मार्टम गरि परिवारलाइ शब जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ । आमासंगै जिद्धि गर्दै गएकी छोरीको शब बोकेर घर आए कसैले पनि यस्तो गल्ती नर्ग भन्दै जेनिशाका बाबा गगन बि.क.ले भक्कानीदै सबैलाइ छोराछोरीको ख्याल गर्न अनुरोध गरे ।