दुई लाख बराबर खाद्यान्न सामाग्री नष्ट “मिति गुज्रीएका सामान जफत गर्दा पसल खाली”

जैतुन अनलाइन | 2020-10-04

दुनै :  जिल्ला प्रशासन कार्यालय डोल्पाले दशैको मुखैमा दुई लाख हाराहारीको खाद्य सामाग्री नष्ट गरेको छ । त्रिपूरा सुन्दरी नगरपालिकामा रहेको कोट बगरमा म्याद गुज्रीएका खाद्यान्न सामाग्री बरामद गरि नष्ट गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माको नेतृत्वमा गएको अनुगन टोलीले दुई लाख बराबरको म्याद गुज्रीएका खाद्य तथा पेय पदार्थ बरामद गर्दा केहि पसल समेत खाली भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिईन ।
तिनदिन पहिला दुनै बजारमा लाखौको सामान बरामद गरि जलाइयो त्रिपूराकोछ बजारबाट धेरै नै गुनासो आएपछि अनुगमन गर्यौ सामान सबै मिति सकिएको भेटियो हामीले सबै सामान बरामत गरिदियौ केहि पसल पूरै खाली नभए सहायक प्रजिअ शर्माले बताईन ।


नागरिकको स्वास्थ्यमा खेलावाड गर्न कसैलाइ छुट छैन हामी कानुनको कट्घरामा ल्याउछौ यो चेतावनी मात्रै हो अझै अटेर गरे कानुनी प्रकृया अघि बढाउछौ सहायक प्रजिअ शार्माले ठोकुवा गरिन । त्रिपूराकोट बजारमा सबैभन्दा धेरै चाउचाउ,बिष्कुट,पेय पर्दाथ र मसला जन्य खाद्य सामाग्री सहित २१ प्रकारका सामान बरामद भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
घरेलु,प्रहरी,प्रशासन,उद्योग बाणिज्य सँघको टोलीले अकस्मात बजारको अनुगमन गरेपछि पसलेले लुकाउने ठाउ नै पाएनन पसले उम्किन नपाएपछि मिति गुज्रीएका सबै समान बरामद गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाको दावी छ । स्थानीय सरकारले बजार अनुगमनमा चासो नराखेपछि सहायक प्रजिअ लक्ष्मीदेबी शर्माले आफै बजार अनुगमनमा सक्रिए भएकी हुन ।
कोरोनाको महामारीका बिचमा पसलेले सामान लुकाएको र महगि गराउन खोजेपछि मिति गुज्रीएका सामानहरु झनै धेरै बढेको र स्थानीय सरकार मौन बस्दा यति ठुलो परिमाणमा खाद्य सामाग्री नष्ट गर्नु परेको प्रशासनको दावी छ ।