जिल्ला प्रशासन कार्यालय डोल्पाले म्याद गुज्रीएका लाखौको खाद्यान्न सामाग्री जलाएर खरानी बनाइदियो (तस्विरमा हेर्नुस)

जैतुन अनलाइन | 2020-09-30

दुनै : जिल्ला प्रशासन कार्यालय डोल्पाले म्याद गुज्रीएका खाद्यान्न सामाग्री बरामद गरि नष्ट गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माको नेतृत्वमा गएको अनुगन टोलीले लाखौको म्याद गुज्रीएका खाद्य तथा पेय पदार्थ बरामद गरि नष््ट गरेको हो ।
मँगलबार र बुधाबार दुईदिनमा म्याद गुज्रीएका करिब २९ प्रकारका खाद्य तथा पेय पर्दाथ बरामद गरि जिल्ला प्रशासनमा नष््ट गरेको छ । धेरै लामो समयपछि बजार अनुगन गरेको जिल्ला प्रशासनले बजारमा दैनिक उपभोग्य सामाग्रिहरु सप्लार्यस गर्ने होलशेलरहरुको गोदामबाट म्याद गुज्रीएका दैनिक उपभोग्य सामान बरामद गरेर ल्याएको हो ।
बजार अनुगमनको अधिकार स्थानीय सरकारमा छ तर नियमन निकाय जिल्ला प्रशासन भएको र नागरिकको गुनासो बढेपछि आफै बजार अनुगमनमा गएर छापा हान्दा धेरै जसो पसलहरु र होलशेल गोदाममा म्याद गुज्रिएका सामान भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिईन ।
सहायक प्रजिअ शर्माका अनुसार कोरोनाको कारण लामो समय सम्म बजार अनुगमन भएन बजारमा ब्यापारिले मनपरि मिति सकिएका खाद्य सामाग्री बिक्रि गरेको जानकारी पाएपछि हामीले छापा हानेका हौ लाखौ रुपैयाको सामान बरामद गरेर नष्ट गरेका छौ यदि अझैपनि केहि सुचना आएको र फेरी गलत गरेको भेटिए कानुन बमोजिम कारवाही हुने बताईन ।


कम मिति भएका सामान डोल्पा आउने गरेको र त्यहि माथि पनि मिति सकिएको सामान माथिल्लो डोल्पा जाने गरेको सुचना पाएका छौ यस्मा माथिल्लो डोल्पा सामान लिने नागरिक सचेत हुन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आग्रह गरे ।
प्रजिअ सुनारले भने हामी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाइ मुक्ति दिदैनौ कारवाही हुन्छ पहिला सचेत गराउछौ । बजरमा भएका अनियमितताको गुनासा बढि रहेकोले स्थानीय सरकार र उद्योग बाणिज्य सँग सहकार्य गरेर नियमित अनुगमन बढाउने प्रजिअ सुनारले बताए ।
कोरोनाको महामारिले केहि कठिनाइ भएको हो ब्यापारिले पनि सामान समयमा नबेच्नु गलत भयो यस्लाइ हामी अब निगारानि बढाउछौ डोल्पा उद्योग बाणिज्य सँघका अध्यक्ष लालिमान बुढाले बताए । डोल्पामा अधिकाँश सामान थोरै म्याद रहेको डोल्पा आउने गरेको नागरिकको आरोप रहेको छ ।