दुनै : डोल्पा जिल्ला अस्पतालमा बाल हेरचाह कक्ष निर्माण हुने भएको छ । सामाजिक सेवा सप्ताहको अबसरमा कर्णाली एकिकृत ग्रामिण अनुसन्धान केन्द्र (किर्डाक नेपाल)ले जिल्ला अस्पतालमा बाल हेरचाह कक्षका लागि सामाग्री हस्तान्त्रण गरेको हो ।
बच्चा भएका आमाहरु अस्पतालमा उपचार गराउन आउदा बच्चाले दुख दिने र बच्चाहरु अस्पतालमा धेरै समय बस्न नरुचाउने देखिएपछि बाल हेरचाह कक्ष निर्माणको लागि बालमैत्रि कक्ष निर्माण गर्न किर्डाक नेपालले सामाग्रीहरु सहयोग गरेको किर्डाक नेपालका कार्यकारी सदस्य अर्जुन हिराचनले जानकारी दिए ।
हिराचनका अनुसार बाल हेरचाह कक्षमा बालबालिकाहरु खेल्दै निदाउन सक्ने,आरामदायी रुपमा सुरक्षित हिसाबले खेलुन र अस्पताल बसाइको समयमा आमाहरुले पनि केहि हद सम्मको सुखको अनुभुति गरुन भन्ने हेतुले कार्पेट,एलईडि टिभी,म्याट्रीस,पानी उमाल्ने जग,थर्मस सहित बालबालिकाहरुका लागि खेल्ने खेलौना गरि १३ प्रकारका सामाग्री किर्डाक नेपालले जिल्ला अस्पताल डोल्पामा हस्तान्त्रण गरेको बताए ।
यूनिसेफको करिव ७० हजार बराबर आर्थिक सहयोगमा बाल हेरचाह कक्षको सामाग्री पाएपछि स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजनल रावलले खुसि हुदै भने हामीले निजी क्षेत्रबाट पाएको सबैभन्दा ठुलो सहयोग हो ।
यस्ले उपचार गर्न आउने बच्चा भएका आमाहरुले बच्चाले दिने दुखबाट छुट्कारा पाउने र स्तनपान कक्षकै रुपमा यो कक्षलाइ राखिने छ । डाक्टर रावलका अनुसार हामीले निकै राम्रो कक्षका लागि सामाग्री पाएका छौ सहि सदुपयोग हुनेछ किर्डाक नेपाल प्रति आभारी छौ भन्दै धन्यबाद ज्ञापन गरे ।
सामाजिक सेवा सप्ताहमा पाएको बाल हेरचाह कक्षको सामाग्री तत्तकाल कक्ष निर्माण गरि प्रयोगमा ल्याउने र यस्ले बिरामी मात्रै नभएर बच्चा भएका स्टाफले समेत फाइदा लिनेमा बिश्वस्त रहेको डाक्टर रावलले जानकारी दिए । उनले भने हामी यस्को भरपूर उपयोग गर्नेछौ यो अत्यन्तै महत्वपूर्ण कक्षका लागि आएको सामाग्री हो अब बालवालीकाहरु रामाउदै बस्नेछन आमाले सुखको अनुभुति गर्नेछन ।
भौतिक संरचाना थोरै भएपनि बाल हेरचाह कक्षको लागि ब्यवस्थापन गरेको अस्पतालले जनाएको छ । किर्डाक नेपाललले डोल्पामा स्वास्थ्य क्षेत्रमा गरेको सबैभन्दा ठुलो सहयोग हो जसबाट सबैभन्दा धेरैले फाइदा लिने अनुमान गरिएको छ । उपचार गर्न आएका आमाहरुका बच्चाहरुले दुख नदिउन र ढुक्कसाथ उपचार गरि घर फर्किन पाउन भनेर बाल हेरचाह कक्षको लागि सामाग्री हस्तान्त्रण गरेको किर्डाक नेपालका कार्यकारी सदस्य अर्जुन हिराचनले जानकारी दिए ।