पूरानै भाडादरमा जिप सञ्चालन गर्न जिप ब्यावसायीलाइ जिल्ला प्रशासनको निर्देशन : रातो नम्बर प्लेट कालो बनाउन दुइ महिना समय

जैतुन अनलाइन | 2020-09-28

दुनै : डोल्पामा हाल सञ्चालनमा रहेका जिपहरु पूरानै भाडादरमा चलाउन जिल्ला प्रशासन कार्यालय डोल्पाले निर्देशन दिएको छ । यातायात ब्यवासायि,जिल्ला प्रशासन र सरोकारवालाको बैठकले मंगलबारदेखी पूरानै भाडादर लागु गरि जिप सञ्चालन गर्न ब्यावसायिलाइ निर्देशन दिदै निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।
प्रजिअ सुनारका अनुसार तत्तकाल पूरानै भाडादरमा गाडिको क्षमता अनुसार यात्रु बोक्नुपर्ने,न्यूनतम स्वास्थ्य मापदण्ड पूरा गरि सुरक्षित यात्रा गराउनु पर्ने,राता नम्बर प्लेट भएको साबै जिपहरुलाइ दुई महिना भित्र कालो प्लेट बनाइ अस्थायी रुट प्रमिटका लागि पहल गर्ने यि सबै कुराको लागु नभएको खण्डमा जिप सञ्चालनमा रोक लगाउने निर्णय भएको बताए ।
डोल्पामा रुपगाडको काठे पुल भाचिएपछि गाडि ब्यवासायिले पल्टी गर्नुपर्ने र जिल्ला प्रशासनले ५ सिटका जिपमा ३ र ९ सिटमा ५ जना मात्रै बोक्न लगाएको भन्दै महगो भाडा उठाएर यात्रु बोकि रहेका छन ।
पहिला दुनै जुफाल ३ सय र दुनै सूपानि ३ सय पचास रुपैयामा यात्रु बोकेका जिप ब्याबसायीले बिचमा आफनो सोईच्छा भाडा उठाएका थिए । आज सम्म जति भाडा उठाएपनि मंगलबारबाट पूरानै भाडादरमा यात्रु बोक्न जिल्ला प्रशासनले सबै यातायात ब्यावसायीलाइ निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले दाबी गरे ।
दुनै सदरमुकाम आउने ठुलीभेरी नगरपालिका ७ अन्तरगत पर्ने रुपगाड खोलाको पुल भाँचिएपछि हाल दुनै आउन र जान दुईवटा जिप परिवर्तन गरि कष्टकर यात्रा गर्नु परि रहेको छ । उक्त पुल पनि मर्मतको अन्तिम तयारीमा रहेकोले एक सातामा सहजता आउने जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
हाल दुनै जुफाल ३ हजार देखी ४ हजार सम्म रिजब र सोहि रुपैया बराबरको भाडा यात्रुबाट उठाउने गरेको स्थानीयको गुनासो रहेको छ । तर जिप ब्यावसायीहरुले भने पल्टी गर्नुपर्ने र यात्रु कम बोक्न पाउने बनाएपछि भाडा महगो भएको दावी गरि रहेका छन । मंगलबारबाट भने पूरानै भाडादर र यात्रु क्षमता अनुसार बोक्न पाउने भएका छन । जिल्ला भित्रको करिब एक सय किलोमिटर सड्कमा जिपहरु चलि रहेका छन ।

जिल्ला प्रशासन कार्यालय डोल्पामा भएको निर्णय :