डोल्पामा कन्थट्याक्ट ट्रेसिङ्मा थप एकजनामा कोरोना संक्रमण पुष्टी त्रास बढ्दै डोल्पामा

जैतुन अनलाइन | 2020-09-22

दुनै : डोल्पामा एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रिपूरा सुन्दरी नगरपालिका ५ मा पर्ने खदाङमा थप एक जनामा कोरोन पुष्टी भएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिईन ।
निमित्त प्रजिअ शर्माका अनुसार खदाङ हेल्पडेक्समा बस्दै आएका पशु अस्पताल तथा पशु सेवा कार्यालयका बर्ष २० का पूरुष कर्मचारी रहेको बताईन । लामो समय देखी उनि त्यहि हेल्पडेस्कमा बस्दै आएको र गत असोज १ गते पहिलो संक्रमित भेटीपछि उनको पिसिआर गर्दा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
एकै पटक ४ जनामा कोरोना पोजेटीभ देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङमा रहेका ५० जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्दा थप एक जनामा पोजेटिभ देखिएको हो । उनि सहित डोल्पामा हाल संक्रमितको संख्या ५ रहेको छ । डोल्पामा कोरोना भाइरसबाट संक्रमित ९ जना भएका छन भने जस मध्य ३ जना निको भएर घर फर्कि सकेका छन ५९ बर्षका एक जना पूरुषको ज्यान गएको छ भने ५ जना आइशोलसनमा उपचार गरि रहेका छन ।
गाउँपालिकामा टावर निर्माणका लागि नेपालगञ्जबाट आएको र एक जना दिदि पु¥याउनका लागि जाजरकोटबाट आएको पाईएको र उनिहरुबाटै कोरोना फैलिएको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ ।
जिल्ला बाहिरका दुई संक्रमित एक वडा अध्यक्ष र एक गाउँपालिकामै बसेका नागरिक सहित ५ जना संक्रमित रहेका छन ।
चारजना पोजेटिभ नहुन्जेल सम्म डोल्पा कोरोना संक्रमणमुक्त थियो ।तर हाल कोरोनाको संक्रमण बढ्दो अबस्थामा रहेको र मानिसहरु आउजाउ बढि रहेकोले स्थानीयहरु कारोना भाइरसबाट जोगिन कठिन रहेको भन्दै चिन्ता गरि रहेका छन ।