“महिला अधिकारको लडाई जारी छ” प्रदेश सा‌सद (बदमी क्वारी बोहोरा)

जैतुन अनलाइन | 2020-09-19

“महिलाका हक अधिकारका लागी हाम्रो लडाई जारी नै छ”

स‌बिधान दिवसको शुकामना दिदै कर्णाली प्रदेश सभा सदस्य प्रदेश सा‌सद बदमी क्वारी बोहोराले महिलाका हक अधिकारका लागि लडाई जारी नै रहेको बताउनु भयाे। डोल्पा जिल्लामा जन्मीएर लामो समय देखी राजनितिमा क्रियाशिल रहनु भएकी बोहोराले गृह जिल्लाबाटै स‌बिधान दिवसको अबसरमा शुभकामना प्रदान गर्ने क्रममा स‌बिधानमा रहेको मौलिक हक अनुसार महिलाका हक अधिकारका लागी लडाई जारी रहेकाे बताउनु भयाे ।

ईतिहासमा देशमा स‌घियता आएपछि मात्रै स्थानीयतह देखी स‌घिय सरकार सम्म महिलाहरुको उपस्तिथि केहि मात्रमा रह्यो । त्यस भन्दा पहिला औलामा गनिने मात्रै महिलाहरुको उपस्थिति रहेको थियो ।  अब महिला अधिकारका बारेमा धेरै नै चासो बढि रहेकोले स‌बिधान २०७२ मा रहेका अधिकार र मौलिक हकको कार्यान्यवनमा रहेको र गाँउगाउमा महिलाहरुलाइ सूसुचित गराइ रहेको उहाले दावी गर्नु भयाे । आफुले कर्णाली प्रदेश सरकारकाे बैठकमा सरकारले महिला अधिकारका बिषयमा चासो कम दिएको भन्दै बारम्बार प्रश्न गरी रहेको प्रदेश सरकारले पनि कर्णालीका महिलाहरुको दैनिकि स्वास्थ शिक्षाका लागि बिशेष प्राथमिकतामा राखेकोले महिलाहरुले त्यसलाइ सहि रुपमा सदुपयोग गर्नेमा बिश्वास ब्यक्त गर्नु भयो ।

“महिलाहरु बच्चा जन्माउने मेसिन मात्रै हैनन चुलोचौको मै अड्किने भान्साघर हैनन क्षमतावान र हरेक कुरा सहन सक्ने धर्ति हुन नारी”

कर्णलाी प्रदेशबाट समानुपातिकमा मनोनित हुनु भएको बोहोरा महिलाहरुको निकै प्रिय र शालीन नेतृमा पर्ने गरेकाे धेरैकोव दावी रहेको छ । अब सरकारले महिला उद्यमी सिप बिकास जस्ता कुराहरुमा प्रोत्साहन दिने क्षेत्रमा लगानी गरिदिए कर्णालीका महिलाहरुमा आत्मबल र आत्मनिर्भरता झनै बलियो हुने बोहोराको दावी छ । कर्णालीका महिलाहरु भोकले भन्दा पनि शोकले ग्रसित छन । उनिहरुलाइ हरेक दिन आफनो परिवार पाल्ने जिम्मेवारी बढि छ खेतीपाती मेलापात घरध्नदा पारीवारीक रेखदेख सबै महिलाहरुले नै चलाउनुपर्ने कर्णालीका  महिलाको सबैभन्दा ठुलो जिम्मेवारी हो । त्यसकारण उनिहरुको स्वास्थ अबस्था निकै कम्जोर हरेको छ ।

समग्रमा कर्णालीका हिमाली क्षेत्रका महिलाहरु अनेकन रोगले पिडित छन जहा सहजै स्वास्थ सेवाको पहुच छैन र उनिहरु आफुलाइ भएको रोग समेत लुकाएर घरमै थलिन्छन । शरिरका हरेक पिडालाइ गुम्स्याएर राखी बाहिर काममा रातदनि दौडिन्छन महिलाहरु तर पनि पोषिलो खाना सहज स्वास्थ सेवा पाउदैनन उनिहरु । स‌बिधानमा धेरै कुराहरु लेखियो तर ति सबै त्यहि सिमित भए महिलाहरुले कहिले अनुभुति गर्न पाएनन चुलोचौकामै दैनिकि बित्यो हामी महिलाहरुको ।

महिलाका हक र अधिकारका लागि केही गर्छौ भनेर माथिल्लो तह सम्म पुगेका हामीले समेत भने अनुसार गर्न सकेनौ तर हाम्रो लडाइ निरन्तर नै छ किनकी कुनपनि कुराको परिवर्तन एकै पटक गर्न असम्भब नै हुने रहेछ यो मेरो भोगाइ हो सा‌सद बोहोराले दुखेसो सुनाउनु भयो । उहाँले भन्नु भयो महिलाका गाँउदेखी स‌सद सम्मका कुराहरु गर्दै गए कथा नै लेखिएला महिलाहरु बच्चा जन्माउने मेसिन मात्रै हैनन चुलोचौको मै अड्किने भान्साघर हैनन क्षमता छ महिलाको महानतालाइ सम्बोधन गर्नु कुनै शब्द छैन । त्यसैले नेपालको स‌बिधान २०७२ ले प्रदान गरेका मौलिक हक अधिकारहरु कार्यान्वयनमा आउन हरेक महिलाहरुले सुरक्षाको अनुभुति गरुन शुभकामना