मुड्केचुलामा वडा अध्यक्ष सहित चार जनामा कोरोना संक्रमण पुष्टि (रहेन डोल्पा कोरोना मुक्त)

जैतुन अनलाइन | 2020-09-17

दुनै : डोल्पामा एक वडा अध्यक्ष सहित चार जनामा कोरोना संक्रमण देखिएको छ । मुड्केचुला गाउँपालिका एक वडा अध्यक्ष सहित दुई जना र जिल्ला बाहिरका दुई जना गरेर चार जनामा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।
गाउँपालिकामा टावर निर्माणका लागि नेपालगञ्जबाट आएको र एक जना दिदि पु¥याउनका लागि जाजरकोटबाट आएको पाईएको र उनिहरुबाटै कोरोना फैलिएको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ ।
जिल्ला बाहिरका दुई संक्रमित एक वडा अध्यक्ष र एक गाउँपालिकामै बसेका नागरिक संक्रमित भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रजिअ सुनारले भने संक्रमितहरुलाई कुनै पनि लक्षण नदेखिएको र उनिहरुलाइ छुट्टै आईसोलेसन बनाएर राख्ने तयारी भइरहेको बताए ।
संक्रमित चार जना मध्ये एक जना त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने खदाङ्ग क्वारेन्टाइनमा राखिएको र दुई जना रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी क्वारेन्टाइनमा राखिएको छ ।
बाँकी एक जना संक्रमित वडा अध्यक्ष काम विशेषले सुर्खेतमा रहेको प्रशासनले जनाएको छ । उनिहरुसँग सम्पर्कमा रहेका सबैलाई पहिचाहन गरेर परिक्षण गर्ने तयारी भइरहेको प्रजिअ सुनारले बताए । केही दिन अघि स्वाब संकलन गरेर परीक्षण गराउँ रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ । अब डोल्पा जिल्कोला  कोरोना संक्रमण यूक्त जिल्लामा गणीएको छ । गाँउपालिकाले नाकामा कडाइ गरेको शिल गरेको बारबार सुचना गरेपनि जनप्रतिनिधिकै लापरवाहीले नै जिल्लामा कोरोना स‌क्रमण भएको नागरिकको ठहर छ । मुड्केचुलामा स‌क्रमण भए लग्त्तै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ ।