साल नझरेपछि सुत्केरीको हेलीकप्टरबाट उद्धार गरि सुर्खत लगियो

जैतुन अनलाइन | 2020-09-10

दुनै : डोल्पाबाट एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । गाँउमै सुत्केरी भएकी एक महिलाको साल नझरेपछि हेलीकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको छ । शे–फोक्सुण्डो गाँउपालिका ९ पुग्मो पुनिखा गाँउकी यान्कीमेदु लामाको सुत्केरी भएर साल नझरेपछि उनलाइ हेलीकप्टरबाट उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देबि शर्माले जानकारी दिईन ।
बुधबार साँझ साढे ६ बजे सुत्केरी भएकी यान्कीमेदुको बिहिबार दिउसो सम्म पनि साल नझरेको र स्वास्थ्यचौकिमा सम्भब नभएपछि उनलाइ हेलीकप्टरबाटै उद्धार गर्नु परेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनलाइ नेपाली सेनाको हेलिकप्टरबाछ सुर्खेत क्षेत्रिय अस्पतालमा लगिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिईन ।
माथिल्लो डोल्पामा प्रसुति गृह नभएको र स्वास्थ्यकर्मिहरु पनि तालिम प्राप्त नहुनुका साथै उपकरण समेत नभएको कारण पनि त्याहाका महिलाहरुलाइ सुत्केरी हुदा समस्या आए हेलीकप्टर कै भर पर्नुपर्ने बाध्यता रहेको छ । तर सबैको पहुचमा हेलीकप्टरको सेवा बारे भने जानकारी छैन ।
हाल सम्म डोल्पाबाट १५ जना भन्दा धेरे सुत्केरी महिलाहरुको उद्धार हेलीकप्टरबाट गरिएको छ भने त्यस मध्य दुईजनाको ज्यान समेत गएको छ । पुग्मो गाँउको पुनिखा भन्न ठाँउ सदरमुकाम दुनैबाट साढे एक दिन पैदल जानुपर्दछ । प्रसुति गृह र उपकरण दक्ष तालिम प्राप्त स्वास्थ्यकर्मि नहुदा माथिल्लो डोल्पामा सुत्केरी सेवा भरपर्दो भने छैन ।