जगदुल्ला गाँउपालिकाका ४१ जनाकाे पिसिआर रिपोट नेगेटिभ (डोल्पा हाल सम्म कोरोना मुक्त जिल्ला)

जैतुन अनलाइन | 2020-09-09

दुनै : डोल्लपाको जगदुल्ला गाँउपालिका ४१ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । यहि २२ गते कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले गरेकाे स्वाब परिक्षणमा गाँउपालिकाका सबै ४१ जनाकै पिसिआर रिपोट नेगेटिभ आएको जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज जैशिले जानकारी दिए । गाँउपालिका भित्र श‌का लागेका र जिल्ला बाहिरबाट गाँउपालिकामा आएका नागरिक र केही कर्मचारीहरुको पिसिआर गर्दा सबैको रिपोट नेगेटिभ आएको जैशिले बताए ।

डोल्पामा सबैभन्दा पहिला कोराना पोजेटिभ भएर ५८ बर्षका एक जना पूरुषको ज्यान गएकाे जगदुल्ला गाँउपालिकामा त्यस पश्चात कुनैपनि कोरोना स‌क्रमित भेटिएका छैनन । हाल सम्म गाँउपालिकामा सरदर ४ सय हाराहारि नागरिकको पिसिआर भइ सकेकाे र छिमेकी जिल्ला जुम्लामा कोरोना स‌क्रमण बढि रहेकोले सुरक्षा सतर्कता भने कडा अपनाइएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए ।

गाँउपालिका अध्यक्ष रोकायाले भने हामीले नागरिकलाइ कोरोना महामारिबाट सुरिक्षत राख्न सकेको  सबै तयारी गरि रहेका छौ त्यसमा नागरिकले पनि साथ दिन जरुरी छ । छिमेकी जिल्लाबाट गाँउपालिकामा आउन निशेधीत गरिएको छ यदि कोही आए स्थानीयले खबर गर्ने रोकायाले बताए । न्यूनतम दैनिक रुपमा आवास्यक पर्ने औषधि र स्वास्थ्यकर्मि पनि छन नागरिकलाइ कुनै समस्या परे हामी भरमग्दुर लाग्ने छौ गाँउपालिकाका जनप्रतिनिधिहरुले एक्यबद्धता जनाए ।

डोल्पाको जगदुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकाको पिसिआर परिक्षणको जिम्मा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले लिएको छ भने अन्य ६ वटा स्थानीय तहको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनलाय सुर्खेतले लिएको  छ । हाल सम्म जिल्ला कोरोना मुक्त नै रहेको छ जिल्लाका सबै नाकाहरुमा सुरक्षा ब्यवस्था कडाइ गरिएको छ नागरिकले अझै सुचना दिएर र आफुले पनि नियम पालना गरेर कोरोना मुक्त रहन सहयोग गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सबैलाइ आग्रह गरे । डोल्पा जिल्लाभर हाल सम्म एक हजार ५ सय भन्दा धेरैको पिसिआर परिक्षणा गर्दा जम्मा ४ जनाको पोजेटीभ र एक जनाको मृत्यू भएको छ भने स‌क्रमित ३ जना स्वास्थलाभ गरेर घर फर्कि सकेका छन ।