डोल्पामा टयाक्टर दुर्घटना ४ घाइते चालक प्रहरीको नियन्त्रणमा

जैतुन अनलाइन | 2020-09-09

दुनै : डोल्पामा टयाक्टर दुर्घटना हुदा ४ जना घाइते भएका छन । त्रिपूरा सुन्दरी नगरपालिका १ मा पर्ने नेट भन्ने ठाँउमा बिहान ८ पैतालिस बजे ट्याक्टर दुर्घटना हुदा चारजना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक नारायाण रञ्जितकारले जानकारी दिए ।
नेट भन्ने ठाउबाट बालुवा लगेर त्रिपूरासुन्दरी नगरपालिकाकै छलगाँउ जाने क्रममा भे १ त ९७८१ नम्बरको ट्याक्टर सड्कबाट करिब १५० मिटर तल खस्दा ट्याक्टरमा सवार ४ जना घाइते भएका हुन ।
दुर्घटनामा घाईते हुनेमा त्रिपूरा सुन्दरी नगरपालिका १ बर्ष १६ का हरि कठायत सहचालक,सोहि वडा बर्ष १६ कै कृष्ण सार्की,बर्ष ३३ का लोकमान श्रेष्ठ,बर्ष १२ का शक्तिमान कठायत रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइते सबैको अबस्था मध्यम रहेको र उनिहरु सबैलाइ उपचारको लागि जिल्ला अस्पताल दुनैमा ल्याएको चालक हस्त बहादुर परियार सामान्य घाँइते रहेको र उनलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्रिपूराकोट चौकिबाट प्रहरी नायब निरिक्षक तेजबहादुर रानाको नेतृत्वमा गएको ७ जनाको टोलीले उद्धार गरि घाइतेहरुलाइ जिल्ला अस्पताल पठाएको थियो । एक साताको अन्तरमा त्रिपूरा सुन्दरी नगरपालिकामा दुई दुर्घटना भएका छन ।