माथिल्लो डोल्पामा बिषालु साग खाएर ५ जना बेहोस बिरामी सबै जाजरकोटका हेलीकप्टरबाट उद्धार

जैतुन अनलाइन | 2020-09-08

दुनै :  माथिल्लो डोल्पामा बिषालु साग खाएर पाच जना बिरामी परेका छन । गुम्बाको काम गर्न माथिल्लो डोल्पा पुगेका जाजरकोटका पाच जना बिषालु साग खाएर बिरामी परेका हुन ।
शे–फोक्सुण्डो गाँउपालिका १ मा पर्ने निजाल गुम्बामा काम गरि रहेका जोक(जक्रो) नामक बिषालु साग खाएपछि कामदारहरु बेहोस भएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
प्रजिअ सुनारका अनुसार बिषालु साग खाएर बेहोस हुनेमा जाजरकोट नलगाड नगरपालिका ५ बर्ष १९ का नरेन्द्र वली,बर्ष ३६ का गोपाल वली,बर्ष १८ का अजय वली,बर्ष ३३ का शिवराज वली र ३८बर्षका टेकबहादुर वली रहेका छन ।
उनिहरु मध्य एक जना सामान्य रहेको अरु सबै दुईदिन देखी बेहोस अबस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरिराम डांगीले जानकारी दिए । निजाल गुम्बा पूणःनिर्माणमा काम गरि रहेका उनिहरु त्यहि नजिकै पाउने जोक(जक्रो)नामक बिषालु साग खाएपछि बेहोस भएका थिए ।
साग खाएर बेहोस भएका पाचैजनार्ला स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेपनि होस नखाएपछि उनिहरुलाइ नेपाली सेनाको हेलीकप्टरबाट उद्धार गरि थप उपचारको लागि नेपागञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
माथिल्लो डोल्पामा काम गर्न गएका पाचजना कामदार अचेत रहेको भन्ने खर पाएपछि उपचारको लागि हेलीकप्टर मार्फत उद्धार गरि नेपालगञ्जमा उपचार गर्न ल्याएको बनमन्त्री शक्ति बस्नेतले जानकारी दिए ।
सुर्खेतबाट नेपाली सेनाको हेलीकप्टर आएर निजालबाटै सिधै नेपालगञ्ज लान लागेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।