जिल्ला अस्पताल सरसफाईमा नागरिकको लस्कर (हेर्नुस भिडियोमा)

जैतुन अनलाइन | 2020-09-07

दुनै : जिल्ला अस्पातल सरसफाईमा जिल्लाका नागरिक एक साथ लागेका छन । फोहोर र बर्खाको झारपातले घेरिएको जिल्ला अस्पातलको प्राङ्गण सरसफाइका लागि नागरिक समाज डोल्पाको अगुवाइमा मिसन नेपाल,दुनै भ्याली क्लब,अस्पताल ब्यवस्थापन समिति र अस्पातल परिवारले सोमबार बिहान सरसफाई गरेका हुन । अस्पतालमा रहेका बिरामीहरु सहजै प्राङ्गणमा घुमफिर गरुन र बर्खाको समयमा फोहोरकै कारण लमखुट्टेकाे समेत टोकाइ कम होस भन्ने हेतुका साथ दुइृ दर्जन भन्दा धेरै नागरिकले सरसफाई गरेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए ।

सेवा नै धर्म हो सार्वजानिक क्षेत्रको सरसफाई र स‌रक्षणमा नागरिकको चासो कम देखिन्छ यस्ता काममा थोरै भएपनि समय दिदा मन शान्ती हुने बुढाले दावी गरे । बिभिन्न क्षेत्रमा आबद्ध यूवा खेलाडीले अस्पतालको सरसफाई गरेका हुन । यस भन्दा पहिला नागरिक समाज डोल्पाकै नेतृत्वमा अस्पताल जाने बाटो सफा गरेका थिए । ठुलो लस्करमा जिल्ला अस्पताल सरसफाइ गर्दै जिल्लाका नागरिकहरु भिडियोमा हेर्नुस :