“नकु गाउँको पहिरो” ठाडी भाकाको अडियो सार्वजनिक: (अडियो सहित) स्वर : महेन्द्र शाही राष्कोटी

जैतुन अनलाइन | 2020-09-07

डोल्पा :  कर्णालीका  युवा गायक महेन्द्र शाही राष्कोटीको सुमधुर स्वर भिरएको “नकु गाउँको पहिरो” नामक  ठाडी भाकाको अडियो सार्वजानीक भएको छ । हृदय बिदारक मर्म स्पर्शी देउडा ठाडी भाकाको अडियो बजारमा आएको हो । रजबहादुर बिष्टको हृदय बिदारक गिति एल्बममा महेन्द्र शाही राष्कोटिले सुमधुर स्वर भरेर गितलाइ झनै मनछुने बनाएका छन ।

गत श्रावण २९ गते राती महाबै गाउँपालिका वडा नं ३ को नकु गाउँमा गएको पहिरोले घर भत्किदा रज बहादुर बिष्टको दुई छोरा र दुई छोरी र उनका दाजु डिलबहादुर बिष्टका दुई छोरीको अकालमै ज्यान गएको थियो । पहिरोबाट ज्यान गुमाउनेहरुको सम्झनामा महाबै गाउँपालिका वडा नं ३ को विशेष सहयोगमा तयार भएको उक्त गीतमा रजबहादुर बिष्टको प्रस्तुती रहेको छ भने केशर सिंह अक्रोशको शब्द रचना र नवराज सिंह विवेकको लय रहेको छ ।

पहिरोमा परि एकै परिवारका ६ जनालाई गुमाउनु परेको दर्दनाक पिडालाई गायक रास्कोटीले ठाडी भाका मार्फत प्रस्तुत गरेका छन्। मृतकहरुलाई हृदयविधारक देउडा ठाडी भाका “नकु गाउँको पहिरो” मार्फत भावपूर्ण श्रद्धाञ्जली र पिडितहरुलाई सान्तवना दिने प्रयास गरेका छन् ।

गायक शाही कर्णाली प्रदेशको कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नं ९ मा बुबा सर्दन शाही र आमा जुनादेवी शाहीको कोखबाट वि सं २०४७ साल भाद्र ११ गते लालु गाउँको बिउराकोटमा जन्म भएको हो । कर्णालीमा मात्र नभएर सुदूरपश्चिम प्रदेशका कुनाकाप्चामा समेत लोकप्रिय कमाई सकेका देउडा गायक शाही राष्ट्रिय स्तरमा समेत परिचित भइसकेका छन् । गायक शाहीको पहिलो गीती कोशेली “आउन पाइन घर” नामक एलबमबाट सांगितिक रंगमञ्चमा हाम फालेका राष्कोटीले ठाडी भाकामा “भेट्न आउनु जितेगडा”, “मैनाचरी, रारा ताल”, “सम्झनामा बहिनी”, त्यस्तै लोकगितमा “पिपलु र बर”, “सुर्खेत राम्रो बुलबुले तालले” र “जाउँ है घुम्नलाई कालिकोट” नामक गरी धेरै लोक तथा देउडा गितहरु दर्शक सामु ल्याएका छन् ।

“नकु गाउँको पहिरो” ठाडी भाका सुन्न तलको लिङ्क थिच्नुहोस