प्रहरीले गरेका कामको समिक्षा गर्दै खुसिहुदै डोल्पाबाट बिदाइ भए डीएसपी रञ्जितकार

जैतुन अनलाइन | 2020-09-05

दुनै :  डोल्पा जिल्लाको बसाई सुखद र सफल रहेको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी प्रमुख डिएसपी नारायण रञ्जीतकारले बताए । शुक्रबार जिल्ला प्रहरी कार्यलय डोल्पाको आफ्नै कार्यकक्षमा यस आर्थिक बर्ष भित्र भए गरेका क्रियाकलापहरुको बारेमा पत्रकारहरुलाई जानकारी गराउदै डिएसपी रञ्जीतकारले डोल्पाको बसाई सफल रहेको बताएका हुन । प्रहरी प्रमुख रञ्जीतकारले आफु डोल्पाबाट सरुवा भएर केहि दिनमा नै जानु पर्ने भएकोले आफु जिल्ला प्रहरी कार्यलय डोल्पामा गत बर्ष २०७६।५।११ गते हाजिर भए देखि हाल सम्मका गतिविधि तथा क्रियाकलापहरुको बारेमा पत्रकारहरुलाई जानकारी दिएका हुन ।

डोल्पालाई अपराधिक गतिविधि र कोरोनाको महामारी बाट सुरक्षीत राख्नको लागी पत्रकारहरुले आफु सगँ र सिँगो सुरक्षा कर्मिहरु सगँ सुचना आदनप्रदानको राम्रो भुमिका खेलेको भन्दै डोल्पा जिल्लामा कार्यरत पत्रकारहरुलाई धन्यवाद दिएका थिए । आ.व.२०७६।०७७ देखि हाल सम्मका मुद्धा दर्ता ः जिल्ला प्रहरी कार्यलय डोल्पामा आ.व.२०७६।०७७ मा कर्तव्य ज्यान सम्वन्धी मुद्धा दर्ता २ वटा,भव्यतव्य ज्यान सम्वन्धी कसुर दर्ता ७ वटा,ज्यान मार्ने कसुर मुद्धा दर्ता १ , चोरी सम्वन्धी कसुर १, कुटपिट तथा अंगभगं सम्वन्धी कसुर १, हातहतियार तथा खरखजना सम्वन्धी कसुर १, सार्वजनिक शान्ती विरुद्धको कसुर २, बहुविवाहा सम्वन्धी कसुर १, जबरजस्ती करणी सम्वन्धी कसुर मुद्धा दर्ता २ वटा, जबरजस्ती करणी उधोग सम्वन्धी कसुर मुद्धा दर्ता २, सवारी ज्यान कसुर मुद्धा दर्ता १, सार्वजानिक हित,स्वास्थ सुविधा तथा नैतिकता विरुद्ध कसुर मुद्धा दर्ता २, सवारी ज्यान कसुर भव्यतव्य १, आत्महत्या(झुण्डीएर) मुद्धा दर्ता १, धर्म परिवर्तन गराउन नहुने कसुर सम्वन्धी मुद्धा तर्दा १ गरी जम्मा २६ वटा मुद्धा दर्ता भएको मध्य १७ वटा मुद्धा फच्र्छौट भएको र विभिन्न अपराधका ९ वटा मुद्धा बाकीँ रहेको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी प्रमुख नारायण रञ्जीतकारले जानकारी दिए ।

एक बर्ष भित्र विभिन्न अपराधमा संलग्न २७ जना व्यक्ती पक्राउ परेको ३ जना फरार रहेको १६ जनाको मृतु भईसकेको र ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यलय डोल्पाको तथ्यांकमा रहेको छ । सार्वजनिक शान्ति विरुद्धमा १ जना,सवारी ज्यान कसुरमा १ जना, हात हतियार तथा खराजना कसुरमा १ जना गरी जम्मा ३ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यलय डोल्पा प्रमुख डिएसपी नारायण रञ्जीतकारले जानकारी दिए । यस्तै जिल्ला प्रहरी कार्यलय डोल्पामा २० बर्ष देखि पेण्डिङमा रहेका मुद्धा २ वटा, २ बर्ष देखि पेण्डिङमा रहेका मुद्धा १४ वटा र असिमित हदम्याद रहेका मुद्धा १ गरी जम्मा १७ मुद्धा मध्य दुई बर्ष देखि पेण्डिङमा रहेका ६ वटा मुद्धा फच्र्छौट भएको जनाईएको छ । महिला बालबालीका तथा जेष्ठ नागरिक सम्वन्धी यस आर्थिक बर्षमा जम्मा १२ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।

एक बर्षको अवधीमा हराएको महिला तथा बालवालीकाको संख्या जम्मा ९ वटा रहेको र सवै फेला पारको जिप्रका डोल्पाको तथ्यांकमा रहेको छ । जिल्ला प्रहरी कार्यलय डोल्पा अन्तरगत समुदाय प्रहरी साझेदारी डोल्पामा जिल्ला समिति १, पालिका समिति ८ वटा, वडा समिति ६५ वटा , टोल समिति २४ वटा,विधालय समिति १५ वटा रहेको जनाईएको छ । डोल्पा जिल्लामा एक बर्ष भित्र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न जनचेतनामुलक कार्यक्रम ११३ वटा,सरसफाई कार्यक्रम १६ वटा,बृक्षारोपन कार्यक्रम १० वटा, मावि स्तरीय वक्तीत्वकला प्रतियोगीता ५ वटा, विधालय संपर्क कार्यक्रम १२ वटा विभिन्न ठाउँमा गरएिको प्रहरी प्रमुख नारायण रञ्जीतकारले जानकारी दिए ।

यस बर्ष जिल्ला प्रहरी कार्यलय डोल्पामा कार्यरत ६७ जना प्रहरीलाई उत्कृष्ट पुरस्कार दिईएको छ भने १५ जना प्रहरीलाई विभागीए कारवाही गरिएको छ । यस बर्ष पानीमा बगेर एक जनाको मृतु भएको तथ्यांकमा रहेको छ । एक बर्षको अवधीमा डोल्पा जिल्लाका विभिन्न ठाउँहरुमा दैविक प्रकोप आगलागीमा परी ४ घर १ गोठ, २ अन्यमा क्षेती भएको छ । यस्तै बाढीपहिरो बाट १५ वटा घर , ३ वटा गोठ र ३ वटा अन्यमा क्षेती पुर्याएको तथ्यांकमा रहेको छ । एक बर्षको अबधीमा डोल्पामा २६ जना भिभिआईपी र भिआईपी व्यक्तीहरु र ३५६ जना विदेशी नागरीकहरुको आगमन भएको जिप्रका डोल्पाको तथ्यांकमा रहेको छ । यस आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यलय बाट ७ लाख,५८ हजार ५ सय राजश्व रकम जम्मा भएको छ । टफीक कारवाही संख्या ७ सय ४४, सवारी दुर्घटनाको संख्या १०, मृतु हुने संख्या २ जना,सामान्य घाईते ११ जना,गम्भीर घाईते ३ जना भएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।