अन्य पार्टी परित्याग गरि १० जना नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रबेश

जैतुन अनलाइन | 2020-08-28

दुनै :  डोल्पामा अन्य पार्टी परित्याग गरि १० जना नेपाल कम्यूनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन । डोल्पाको ठुलीभेरी नगरपालिका १ का १० जना कार्यकर्ता नेकपामा प्रबेश गरेका हुन । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) डोल्पाका कार्यालय सदस्य एबम जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाको प्रमुख आतिथ्यमा नेपाली का‌ग्रेस पार्टी परित्याग गरि आएका १० जनालाइ एक कार्यक्रमका बिच नेकपामा प्रबेश गराइ राइका अबिर लगाएर सम्मान गरिएको हो ।

पार्टी प्रबेश गर्नेहरुमा शुकराम बिक,लोकु बिक,रामबहादुर कामी,सार्कि बिक,बुद्धी बिक (महिला)गनकुमारी बिक,राजु बिक,कर्ण बिक,दिपप्रसाद बिक र लोकुश बिक रहेका छन । उनिहरु अन्य पार्टी परित्याग गरि नेकपमा प्रबेश भएका हुन ।

नेकपामा प्रबेश गरेका नव प्रबेशीहरु

ठुलीभेरी नगरपालिका १ का नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का वडा कमिटि अध्यक्ष रमेश राेकायाकाे नेतृत्वमा आएका १० जनालाइ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि सदस्यहरु भातृस‌गठनका प्रमुखहरुको उपस्तिथिमा पार्टी प्रबेश गराइ आजकै  दिनदेखी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बलियो खम्बा भएको र नसानसामा नेकपाकाे सिद्धान्त बग्ने  भन्दै कर्मठ र सिद्धान्तबादी भएर लाग्न सबैले आग्रह गरे ।

२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा राप्रपा नेपालस‌गको सहकार्यले निकै ठुलो क्षेति ब्यहाेर्नु परेकाे वडा नम्बर १ मा अबको निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले पूरै प्यानल नै जित हाँसिल गर्ने र अबका दिनमा चुनावकाे मैदानमा बामपन्थी पार्टी र प्रजातान्त्रीक पार्टीकाे मात्रै हुने अरु कुनैपनि पार्टिले चुनावमा सहभागि हुनै नसक्ने नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) डोल्पाका कार्यालय सदस्य शेरबहादुर बुढाले ठोकाुवा गरे ।

बुढाले भने आफुपनि नेकपामा पूरै समर्पित भएको र आउने कुनै पनि कार्यकर्ताले पार्टीलाइ बलियो बनाउदै लैजानुपर्ने र कुनैपनि पार्टीका ब्यक्तिको पछि नलागेर पार्टीको सिद्धान्तलाइ अगाल्दै पार्टीमा लागि रहे त्यसको प्रतिफल सन्तोषजनक हुनेमा बिश्वास राख्न आग्रह गरे ।

नेपाकमा प्रबेश गरेकालाइ राइक अबिरले स्वाग गर्दै नेकपा डोल्पाका कार्यालय सदस्य र जिल्ला कमिटि सदस्यहरु

अन्य कुनैपनि पार्टीले वडा स्तर देखी गाँउ र नगर स्तर सम्म नेकपा माथी कुदृष्टी राख्ने चेष्टा सम्म नगर्ने गरि पार्टी बलियो बनाउन लागी रहनु पर्ने भन्दै डोल्पामा नेकपा कुनैपनि हालतमा डकमगाउने अबस्थामा नरहेकाे भन्दै एकमन एक चित्त भएर लाग्न नब आगन्तुकहरुलाइ नेकपा जिल्ला कमिटि सदस्य धनराम बुढाले  हौसला दिए ।

आफना हक र अधिकार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाटै सुनिष्चत भएको महसुस गरेर नै अन्य पार्टि परित्याग गरि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा हातमा हात र साथमा साथ जुटाउन आएको भन्दै कुनै श‌का नगर्न नव प्रबेशीहरुले शिर्ष नेताहरुलाइ बिश्वास दिलाए । डोल्पामा अन्या पार्टी परित्याग गरि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा आउने क्रम बढि रहेको र नेकपा नै अबको जनताकाे प्यारो पार्टी भएको नेकपा डोल्पाका कार्यालय सदस्य चन्द्रमान रोकायाले दावी गरे । १० जना पार्टी परित्याग गरेको वडा नम्बर १ मा राप्रपा का वडा अध्यक्ष रहेका छन ।