डोल्पामा राती १२ बजेदेखी लकडाउन हुने नागरिकलाइ धैर्य गर्न जिल्ला प्रशासनको आग्रह

जैतुन अनलाइन | 2020-08-26

दुनै :  डोल्पामा पुन लकडाउन गरिने भएको छ । बुधबार राती १२ बजेबाट लागु हुने गरि जोखिम न्यूनिकरण गर्न पुन लकडाउन गर्न लागिएको हो ।
जिल्ला संकट ब्यवस्थापन सेन्टरको आपतकालिन बैठकले जिल्लामा संक्रमण फैलिन र जोगिनका लागि जिल्लालाइ लकडाउन गर्नुपरेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । प्रजिअ सुनारका अनुसार छिमेकी जिल्लामा देखिएको संक्रमण र जोखिमलाइ मध्यनजर राख्दै जिल्ला सुरक्षीत राख्नको लागि केहि दिनको लागि लकडाउन गर्ने निर्णय गरेको बताए ।
जिल्ला पूरै लकडाउन गरिने दैनिक पुभोग्य सामान र अत्यावस्यक सामाग्रीहरु ढुवानी र आवत जातव गर्न पाइने तर सुरक्षा सर्तकता भने कडाइ राख्नको लागि डोल्पा लाइ आजै राति १२ बजेबाट लागु हुने गरि कलडाउन गर्ने निर्णय गरेको जिल्ला संकट ब्यवस्थापन सेन्टरका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
छिमेकी जिल्ला रुकुम,जाजरकोट,जुम्लामा दैनिक कोरोना संक्रमितको संख्या बढि रहेको अबस्थामा डोल्पालाइ सुरक्षित राख्नको लागि लकडाउन गरिएको तर निषेधाज्ञा भने नभएको प्रजिअ सुनारले दावी गरे ।
हाल सम्म डोल्पा कोरोना मुक्त रेहेकोले अबका दिनमा पनि जिल्ला कोरोना संक्रमित नाहोस भन्नका लागि पूर्बशर्तकता अपनाएको प्रजिअ सुनारले जानकारी दिए । जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा जिल्लालइ जोखिमबाट बचाउन लकडाउन गरिएको सुनारले बताए तर यति नै दिन भनेर भने मिति तोकिएको छैन अबस्था हेरेर लकडाउन गरिने जनाइएको छ ।
डोल्पा जिल्ला हाल सम्म कोरोना मुक्त जिल्लामा पर्दछ भने जिल्लाबाट पिसिआर परिक्षण पनि गरि रहेको छ । जिल्लामा पिसिआर परिक्षणको दायरा बढाउनुका साथै जिल्लाका सबै सिमा नाकालाइ थप कडाइ गर्ने समेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।