दुनै : त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख ओम बहादुर बुढालाई प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेँस त्रिपुरासुन्दरी नगर किमिटिले झुटो आरोप लगाएको भन्दै प्रेश विज्ञेप्ती निकालेको छ । नेपाली काग्रेँस बाट निर्वाचित त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ९ की वडा अध्यक्ष रमा बोहोराले नगरपालिकाका नगर प्रमुख ओम बहादुर बुढाले आफुलाइ अपच शब्द बोलेको र ,आर्थिक हिनामिना गरेको भन्ने आरोप लगाएपछि नेपाली काग्रेँस त्रिपुरासुन्दरी नगर किमिटीले प्रेश विज्ञेप्ती निकालेको छ । काग्रेसले नगर प्रमुख माथि लगाएका सबै आरोप झुटा भएको केहि ब्यक्तिका निहित स्वार्थका कारण नै उनिहरुले नगर प्रमुख ओमबहादुर बुढा माथि आरोप लगाएको भन्दै प्रेश बिज्ञप्ती सहित नेकपा नगर समितिले त्रिपूरा सुन्दरी नगरपालिकामा नाराजुलुस गरेका हुन ।
त्रिपुरासुन्दरी नगरपालिकाका लोकप्रिय मियर तथा नेकपा जिल्ला कमिटि डोल्पाका सदस्य ओम बहादुर बुढालाई अनआबश्यक वडा नं. ९ की वडा अध्यक्षलाई हतियार बनाई विभिन्न खाले आरोप लगाएको प्रति नेकपा नगर कमिटिले आपत्ती जनाएको छ । विज्ञेप्तीमा भनिएको छ, नेपाली काग्रेँस बाट निर्वाचीत वडा अध्यक्ष रमा बोहोराले मेयर ओम बहादुर बुढाले आफुलाई कुनै पनि दुरव्र्यवहार नगरेको बताईएको छ ।
नेपाली काग्रेँस त्रिपुरासुन्दरी नगर किमिटिले नगर प्रमुख प्रति गरिएको व्यवहार र आरोप प्रति घोर आपत्ती जनाईएको नेकपा त्रिपुरासुन्दरी नगर कमिटिका अध्यक्ष तुलाचन्द्र बुढाले बताए ।
वडा अध्यक्ष रमा बोहोरालाई हतियार बनाई नेपाली काग्रेँसले निकाले विज्ञप्ती र आन्दोलन विना अर्थको रहेको पनि नगर कमिटि अध्यक्ष बुढाले बताए । यस्तै वडा अध्यक्ष रमा बोहोराले आफुलाई त्यतिकै मोसेको र नगर प्रमुखले कुनै पनि दुरव्र्यवहार नगरेको भनि नगरपालिकाको वैठकमा हस्ताक्षेर समेत गरी सकेको नगर कमिटि वडा अध्यक्ष बुढाले बताए । यस्तै नेपाली काग्रेँस त्रिपुरासुन्दरी नगर किमिटिले नगर प्रमुख ओम बहादुर बुढालाई गरेको व्यवहार र झुटो आरोप प्रति घोर आपत्ती रहेको नेकपा त्रिपुरासुन्दरी नगर कमिटि सचिव नवराज बुढाथोकीले बताए ।
प्रेश विज्ञप्ती :
नेकपा नगर समितिले प्रतिपक्ष नेपाली काँग्रेसले नगर प्रमुख माथी लगाएको आरोप झुटो भएको भन्दै निकाले प्रेस बिज्ञप्ती