माथिल्लो डोल्पामा भिषण असिना पानीले क्षति कृषक चिन्तीत

जैतुन अनलाइन | 2020-08-25

 बल्लातल्ल उत्पादन भएको अन्न असिना पानीले सखाब

भदौ ९ डोल्पा : माथिल्लो  डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा असिना पानीले बालीमा क्षति पूर्याएको छ  । ठुलो असिना र पानी सँग भएको बर्षातले अन्नबाली र विकास योजनामा ठुलो क्षति पुर्याएको हो ।
लगातार दुइृदिन सम्म परेको असिना सहितको बर्षातकाले गाउँपालिका अन्तर्गतका चार वटा वडामा लगाइएको अन्नबाली र विकास योजनाहरु पुर्ण रुपमा क्षति पुर्याएको वडा नं ४ का अध्यक्ष पेमावाङ्छेन गुरुङ्गले फोनमा जानकारी दिए । गूरुङ्ले भने तीन चार महिना लामो खडेरी परेको माथिल्लो डोल्पाको क्षेत्र दुईदिन निरन्तर परेको पानि असिना बर्षाले कारण वडा नं १ देखि ४ वडामा लगाइएको फापर,गहुँ,उवा लगायतका अन्नबाली स्याम्मै ढलेको छ,भित्रयाउने समयमा ढलेपछि सबै कुहिन थालेको र अन्नबाली घर भित्र्याउन नमिल्ने बताए ।

कोरोनाकाे कारणा बहुमुल्य जडीबुटी  यार्सागुम्बा पनि टिप्न पाइयन्, दैनिक उपभोग्य सामान खरिद र बिक्री गर्नको लागि चाईना नाका पनि खुलेन,असिना पानीले अन्नबाली सबै सखाप पार्यो,कसरी जिविकोपार्जन गर्ने स्थानीयहरु पूरै चिन्तामा छन वडा अध्यक्ष गूरुङ्ले चिन्ता ब्यक्त गरे । असिना र बर्षातका कारण आफ्नो चारवटा खेतमा लगाइएको उवा फापर सबै सखाप पारेको वडा नं ४ का स्थानीय तेन्जिन टासी गुरुङ्गले बताउछन। उनले क्षतिपुर्ती उपलब्ध गराउनका लागि सरकारलाई आग्रह समेत गरेका छन् ।

निरन्तर दुईदिन सम्म परेको भिषण असिना सँगै भएको बर्षातका कारण चार वटा वडाको विकास योजनाहरुमा क्षति पुगेको छ ।  शे–फोक्सुण्डो गाउँपालिकाका बिभिन्न क्षेत्रमा भएका बिकासका योजनाहरुमा समेत क्षेति पुगेको हो । बर्षात पछि आएको पहिरोका कारण वडा नं १,२,३ र ४ मा निर्माण गरिएका संघ प्रदेश र स्थानीय सरकारले निर्माण गरेका पर्यटन सडक,ग्रामिण सडक,पुल पुलेसा,सिँचाई कुलोहरुमा क्षति पुर्याएको वडा अध्यक्ष गुरुङ्गले जानकारी दिए ।
पानीले बाटा घाटाहरु बगाएको छ,केही ठाउँका पुलहरु समेत बताएको खबर आएको छ,गाउँपालिकाका बिभिन्न गाउँबस्तीहरुसम्म मोटरसाईकल गुडाउन मिल्ने गरि बनाईएका बाटो बगाउँदा आवतजावत समेत अवरुद्ध  भएको र  कतिपय ठाउँमा पशुबस्तु समेत बगाएको खबर समेत आएको उनले बताए । डोल्पामा यस बर्ष पानी कम परेपनि बेलाबेलामा आउने बर्षाले क्षेति पुर्याउने गरेको छ भने सञ्चारको पहुच कम भएको कारणा माथिल्लो डोल्पामा हुने क्षेतिको जानकारी भने जिल्ला सम्म सहजै आउने गर्दैन ।