नगर प्रमुख विरुद्द नेपाली काँग्रेसको विरोध प्रदर्शन

जैतुन अनलाइन | 2020-08-24

भदौ ८ त्रिपूराकोट : आफ्ना वडाअध्यक्षलाई अभद्रव्यवहार गरेको विरोधमा नगर तालाबन्दी गरेको नेपाली काँग्रेस डोल्पाले नगर मेयर विरुद्द विरोध प्रदर्शन गरेको छ ।नेपाली काँग्रेस त्रिपुरासुन्दरी नगर समितिको आयोजनामा मेयर ओमबहादुर बुढा विरुद्द सोमवार विरोध प्रदर्शन गरिएको हो ।विधिको शासन मिच्न पाइदैन, भरष्टचारी मेयरले राजीनामा दे योजनाहरुको आर्थिक हरहिसाव पारदर्शि गर भन्ने नाराका साथ त्रिपुराकोटबगर बजार हुदै विरोध र्याली नगरकेन्द्र भवन अगाडि पुगेर कोर्ण सभामा परिर्णत भएको थियो ।

त्रिपुरासुन्दरी नगरपालिका वडा ९ का अध्यक्ष रमा बोहोरालाई योजनाहरुको हरहिसाव माग्न जाँदा आइतवार मेयर बुढाले अभद्र व्यवहारका साथै अश्लिल शब्द प्रयोग गरेको आरोप नेपाली काँग्रेसको छ ।त्रिपुरासुन्दरी नगरपालिकामा कोरोना भाइरसको नाममा र योजना बाँडफाँडमा ब्यापक आर्थिक अनियमितता भएको भन्दै नेपाली काँग्रेसले नगर कर्मचारीहरुसंग आर्थिक हरहिसावको तथ्याङ्क माग गर्दै आएपनि नगरले भने हरहिसावको विवरण दिन आनाकानी गर्दै आएको छ ।

विरोध कोण सभालाई सम्बोधन गदै नेपाली काँग्रेसका स्थानीय नेता दिबहादुर विष्टले त्रिपुरासुन्दरी नगरपालिकामा किर्ते काम बाहेक केहि हुननसकेको,योजनाहरुमा भरष्टचार हुने गरेको कामै नभएका दर्जनौ योजनाहरुमा राजनीतिक आस्थाका आधारमा नेकपाका कार्यकर्तालाई लाखौ वजेट रकम निकासा दिइएको लगायत आर्थिक वर्ष ०७७।०७८ को बजेट र योजनाहरु पनि राजनीतिक आस्था र आफन्ताको नाममा विनियोजन तथा छनौट गरिएको बताउदै दुई तिहाइको नाममा स्थानीय सरकार भरष्टछारको अखडा बन्दै गएको बताए ।बहुमतको आडमा किर्ते कागजी योजनाको नाममा गरिएको भरष्टचारको हरहिसाव कुनै दिन ब्याज र हर्जना समेत तिर्नु पर्ने अवस्थाको पखाईमा आफुहरु रहोले समयमै सुर्धिन समेत नेता विष्टले आग्रह गरे ।

नेपाल तरुणदल जिल्ला अध्यक्ष तुलबहादुर बोहोराले स्थानीय जनप्रतिनिधिहरुले बहुमतको आडमा गरिएको भरष्टचारको हिसावकिताव बुझाउने दिन अव धेरै टाढा नभएको बताए ।विरोध कोण सभामा नेपाली काग्रेसका कार्यकर्ताहरु गाउँ गाउँबाट सहभागि भएका थिए ।विरोध कोण सभामा वडाअध्यक्ष रमा बोहरा नगर उपसभापति मोतिप्रसाद उपाध्याय र सचिव इन्द्र बुढा लगायतकाले सम्बोधन गरेका थिए ।काँग्रेसको विरोधसभाले उत्श्रृङखल रुप लिन नपाओस भनेर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्रप्रहरी बल परिचालन गरिएको थियो ।