डोल्पामा संक्रमित शुन्य,२८० जनाको पिसिआर रिपोट नेगेटिभ,जिल्ला कोरोना मुक्त

जैतुन अनलाइन | 2020-08-21

भदौ -५ /दुनै : डोल्पामा २८० जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । निकै लामो समयपछि गरिएको पिसिआर पिरिक्षणको दायरा बढाउदै परिक्षण गर्दा २८० जनाकै पिसिआर रिपोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
प्रजिअ सुनारको अनुसार देशमा कोरोनाले भयाबह पारि रहेको बेलामा डोल्पामा पनि परिक्षणको दायरा बढाएको र हाल सम्मको परिक्षणमा संक्रमितको संख्या शुन्य रहेको बताए । छिमेकी जिल्ला रुकुम जाजरकोटे र डोल्पाका नागरिक धेरै जिल्लामा भित्रिएपछि ठुलो संख्यमा परिक्षण गर्दा सबै २८० जनाकै रिपोट नेगेटिभ आएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले खुसि ब्यक्त गर्दै भने हामी अहिले सम्म कोरोना मुक्त जिल्लामा परिरहेका छौ तर त्यसो भन्दैमा स्वास्थ्यका न्यनतम मादण्डहरु पालना र हुलहुज्जत,भेला,नाचगान गर्न जम्मा हुन पाउने भन्ने छैन हामीले सुरक्षामा कुनै परिर्वतन गरेका छैनौ सुरक्षा कडाइ निरन्तर नै रहेको छ ।
केहि दिन अघि १५१जनाको सुर्खेत र पुन १२९ जनाको स्वायव संकलन गरि नेपालगञ्ज परिक्षणका लागि पठाउदा सबैको रिपोट नेगेटीभ आएपछि डोल्पाका नागरिकमा खुसि छाएको छ । कोरोना मुक्त जिल्लाका रुपमा डोल्पा जिल्ला भएपनि हिन्दु नारीको महान पर्ब हरितालीका तिजमा भने मन्दीरमा पुजा गर्ने महिलाहरु भने छिटफुट मात्रै देखिन्थे ।
प्रहरीले भिडभाड नर्गन र नाचगान घरमै परिवारसँगै बसेर गर्न भन्दै माईकिग गरि रहेकोले महिलाहरुले पनि घरमा नै नाचेको देख्न पाइन्छ । बर्त बसेका नारीहरुले छुट्टाछुट्टै मन्दीरमा पुजा गरे भने बजार पूरै सुनसान रहेको छ । जिल्लाको सदरमुकाम दुनै,जुफाल,त्रिपूराकोट बजारमा केहि प्रभाब परेपनि अन्य सबै गाँउमा भने हरितालिका तिजको रमझम निकै लागि रहेको स्थानीयहरु बताउछन । जिल्लाको पिसिआर रिपोट नेगेटिभ आएपछि जिल्लाका नागरिकमा खुसि छाएको छ ।
हाल सम्म कोरोना मुक्त जिल्ला भएपनि मानिसहरु बाहिर जिल्लाबाट आउने र जाने गरि रहेकोले सर्तक रहन र जिल्लामा आउनेलाइ क्वारेन्टिनमा राखिने गरिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । उनले भने सुरक्षामा कडाइ गरिएको छ नागरिकले पालना गर्ने पर्छ किनकी आफु बँचौ र अरुलाइ पनि बचाउ ।