डोल्पाका १५१ जनाको पिसिआर रिपोट नेगेटिभ डोल्पा हाल सम्म कोराना मुक्त्त जिल्ला

जैतुन अनलाइन | 2020-08-21

दुनै : डोल्पामा १५१ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । निकै लामो समयपछि गरिएको पिसिआर पिरिक्षणमा सबै १५१ जनाकै पिसिआर रिपोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । प्रजिअ सुनारको अनुसार छिमेकी जिल्ला रुकुम जाजरकोटबाट मानिसहरु जिल्लामा धेरै आएको र जिल्लाका नागरिक समेत धेरै जिल्लामा भित्रिएपछि ठुलो संख्यमा परिक्षण गरिएको र सबैको रिपोट नेगेटिभ आएको बताए ।

जिल्ला बाहिरबाट डोल्पाका काम गर्नको लागि आएका र उनिहरु बस्ने होटेल तथा केहि धेरै मानिसहरु आउजाउ गर्ने पसलहरुका पसलेहरुलाइ पहिलो पटक परिक्षण गरिएको र उनिहरुसबैको रिपोट नेगेटिभ आउदा निकै खुसि मिलेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले बताए । पहिलो पटक १५१ र दोस्रो पटक १२६ जनाको परिक्षण गरिएकोका पहिलो पटक परिक्षण गरिएका १५१ जनाको सुर्खेतमा गरिएको परिक्षणमा रिपोट नेगेटिभ आएको र पछिल्लो नेपालगञ्जमा परिक्षण भै रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनकारी दिएको छ ।

जिल्ला बाहिरबाट आउने कामदार र कर्मचारीहरुलाइ पहिलो परिक्षण गरिएको छ भने अब सरकारी कार्यालयका कर्मचारीहरु अन्य नागरिकलाइ समेत परिक्षण गरिने प्रजिअ सुनारले जानकारी दिए । हिन्दु नारीहरुको महान चाड हरितालिका तिज भएकोले भिडभाड कम गराएको र सुरक्षा सर्तकता अपनाउदै कडाइ गरिएको प्रहरी नायव उपरिक्षक नारयाण रञ्जितकारले जानकारी दिए । हाल सम्म जिल्लामा कोरोनाको कारण एक जनाको ज्यान गएको र अन्य तिनजना सञ्चो भएर घर फर्कि सकेका छन । त्यस पश्चात डोल्पा जिल्ला हाल सम्म कोरोना मुक्त जिल्लाका रुपमा रहेको छ ।

पिसिआर रिपोट परिक्षण गराउदै डोल्पाका नागरिक