दुनै : डोल्पामा माटोको ढिस्कोमा पूरिएर एकजनाको मृत्यू भएको छ । त्रिपूरा सुन्दरी नगरपालिका २ रसिका अन्दाजी बर्ष २० का दिपक बुढाको ज्यान गएको हो । सोमबार दिउसो १२ बजेतिर घरको छतमा राख्ने माटो खन्ने क्रममा माटोको खानी भत्कीएपछि ढिस्कोमा पूरिएर मृत्यू भएको प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
डिएसिपी रञ्जितकारका अनुसार माटोको ढिस्कोमा पूरिएको भन्ने जानकारी आएपछि त्रिपूराकोट चौकिबाट प्रसनि दिनेश च्वाँनको नेतृत्वमा ५ जना प्रहरी टोलीले उद्धार गरेपनि माटोको ढिस्कोमा पूरिएका दिपक बुढा मृत अबस्थामा फेला परेका थिए । उनिसँगै गएका ३९ बर्षका कर्णबहादुर बोहोराको दाया खुट्टामा सामान्य चोट लागेकोले उनलाइ त्रिपूराकोटमा उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ । त्रिपूराकोट चौकीबाट करिव २ घण्टा टाढा पर्ने रसि गाँउमा भएको घटनामा माटोको ढिस्कोमा पुरिएका दिपक बुढालाइ बचाउन नसकिएकोमा प्रहरीले दुख ब्यक्त गरेको छ ।
घटनको थप बिवरण आउन बाँकी रहेको र जिल्लाबाट थप प्रहरी समेत घटना स्थलामा परिचालन भैइसकेको डियसपी नारायण रञ्जितकारले जानकारी दिए । हाल सम्म माटोको ढिस्कोमा पूरिएर २ जनाको ज्यान गइसकेको छ । घाइते बोहोरा भने सामान्य घाइते छन ।