दुनै : मास्क नलगाई बजारमा घुम्ने नागरिकलाइ प्रहरीले कार्वाही सूरु गरेकाे छ । डोल्पा सदरमुकाम दुनै बजारमा मास्क नलगाइ हिड्ने ३९ जनालाइ एकसय रुपैयाका दरले ३९ सय रुपैया जरिवाना गरेको हाे। कोरोना महामारी बढि रहेको बेलामा नागरिकले ब्यवास्ता गरेर मास्क समेत नलगाई बजारमा घुमेपछि जिल्ला प्रशासनले प्रहरी परिचालन गरि कारवाही गरेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । प्रजिअ सुनारले भने हामी सबैले नियमको पालना गरौ न्यनतम सुरक्षाका बिधि अपनाऔ र आफु र सबैलाइ सुरक्षित बनाउन सहयोग गरौ भन्ने उद्धेश्यका साथ मास्क नलगाउनलेलाइ एकसय रुपैया जरिवाना गरेकाे बताए ।
जिल्ला प्रशासन कार्यलय डोल्पाको निर्देशन अनुसार प्रहरीले आईतबार मात्र डोल्पामा २६ पुरुष १३ महिला गरी जम्मा ३९ जनालाई कारबाही गरेको छ । एकसय रुपैयाको रसिद काटेर पहिलो दिनमै ३९०० राजश्व जम्मा गरेको प्रहरी जनाएको छ। विना काम अनआबश्यक बाहिर ननिस्कन अनुरोध गर्दा पनि मास्क नलगाएर बाहिर हिडडुल गर्ने मास्क नलगाउनेहरुलाई संक्रमण रोग ऐन २०२० को दफा(२) बोमोजिम आदेश उल्लघन गरे अनुसार प्रतिव्यक्ती एक सय जरीवाना सहीत आईतबार देखि कारबाही प्रक्रिया सुरु गरीएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । प्रजिअ सुनारका अनुसार जथाभावी भिडभाडमा नजान, सवैले अनिवार्य मास्क लगाउन र हामी सवै सुरक्षीत रहनको लागी सवैले नियम पालना नगरे कारवाही हुने बताए ।
बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस दिनप्रति दिन संक्रमीतको संख्या बढ्न थाले पछि डोल्पा जिल्लामा पनि कडाई गरिन थालिएको हाे । डोल्पाको सदरमुकाम दुनै बजार,जुफाल बजार,त्रिपुराकोट बगर लगायतका बजार क्षेत्रमा मानिसहरुको भिडभाड धेरै हुने भएकोले उक्त बजार क्षेत्रमा बिशेष रुपमा सुरक्षा कर्मी परीचालन गरी नागरिकलाइ सुरक्षित बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले दावी गरे।
केहि दिन देखि सुरक्षा कर्मीले माईकीङ गरेर मास्क लगाउन बिना काम घर बाहिर ननिस्कन र धेरै भिडभाड नगर्न अनुरोध गरेतापनि नागरिकले ब्यवास्ता गरेपछि आईतबारबाट मास्क नलगाउनेलाइ एक सय रुपैया सहितको कारबाही गरेको प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिए । डिएसपी रञ्जितकारले भने हामीले नागरिककै लागि अनुरोध गरेका हौ तर नागरिकले ठट्टा सम्झे त्यसैले आईतबार जिल्लाका विभिन्न ठाउँहरुमा मास्क नलगाइ घुम्ने ३९ जनालाइ नेपाल प्रहरीले कारबाही गरेको हाे।