डोल्पा मुड्केचुलाका एकसय जनाको पिसिआर नेगेटीभ

जैतुन अनलाइन | 2020-07-19

दुनै : डोल्पाको मुड्केचुला गाँउपालिकाका एक सय जनाको पिसिआर नेगेटिभ आएको छ । मुड्केचुला गाँउपालिका ६ का २३ बर्षिय यूवामा कोरोना पुष्टी भएका यूवा सहित अन्य सय जनाको रिपोट नेगेटिभ आएको हो ।
काठमाण्डौबाट घर आएका २३ बर्षका एक युवामा कोरोना पोजेष्टिभ गाँउपालिकाका अन्य कन्ट्याक्ट ट्रेसिङमा रहेका सय जनाको पनि स्वाव संकलन गरि पिसिआर गर्दा सबैको नेगेटीभ आएको निमित्त प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले जानकारी दिए ।
जिल्लामा कुल ४ जना मात्रै सँकक्रमित रहेको र जस मध्य एक जनाको मृत्यू पछि मात्रै कोरोना पुष्टी भएको र अन्य ३ जना निको भएर घर फर्किकोले डोल्पा जिल्ला कोरोना फ्रि जस्तै भएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले दावी गरे ।
प्रजिअ सुनारले भने कोरोना पुष््टी भएका कुनैपनि बिरामी छैनन जिल्लामा कोरो्ना फ्रि नै भन्न सकिने अबस्था तर त्यसो भन्दैमा सरक्षा सर्तकातामा भने कडाई कायमै रहेको बताए ।
डोल्पाका कोरोना संक्रमित तिनै जनाले कोरोना जितेका छन । यससंगै अब जिल्लामा पिसिआरको परिक्षण दायरालाइ समेत बढाउने प्रजिअ सुनारले जानकारी दिए । समुदायमा भने कोरोना हुन सक्ने परिक्षण नभएको भन्दै आँशका ब्यक्त गरेका छन ।