डोल्पामा ब्यावसायिक रुपमा कालिज पालन

सुकमाया थापा | 2020-07-19

दुनै : डोल्पामा व्यावसायीक रुपमा कालिज पालन सूरु गरिएको छ । जिल्लामा पहिलो पटक कृषकले ब्यावसायिक रुपमा कालिज पालन सुरु गरेको हुन । पहिलो पटक कालिज,बटई,लौकाट ल्याएर ब्यावसायिक रुपमा पालन गर्न सुरु गरिएको हो ।
प्रयास कृषि तरकारी तथा फलफुल कुखुरा टर्की फर्म र आर के कृषि तथा रोकाया पोल्टी फर्मले कालिज पालन थालनी गरेका हुन । पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा सूरुवात गरिएको कृषक दलबहादुर थापाले जानकारी दिए ।
कृषि तथा कुखुरा टर्की फर्मले ८९ वटा कालिज, १५० वटा बटाई र १६ वटा लौकाट खरिद गरी ल्याएर सदरमुकाम दुनैमा व्यवसाय सुरु गरेका हुन ।
त्यसै गरि आर के कृषि तथा रोकाया पोल्टी फर्मले पनि ९२ वटा कालिज, २५ वटा टर्की , १५ वटा लौकाट, र ११५ पालेको कृषक लोकेन्द्र रोकायाले बताए । रोकायाले भने जिल्लामा पहिलो पटक यो व्यवसाय सूरु गरियो थप निरन्तरता दिने कृषक रोकायाले बताए । उनले पहिला नै कुखुरा पालन समेत गरि सकेका छन ।
जिल्लामा कालिज,बटइ,र लौकाट,टर्की पालन गर्दा अन्य कृर्षक र नागरिकको हेर्नेको घघुईचो लाग्ने गर्दछ । कृषकहरुले पनि कालिज पालन व्यवसाय गर्ने चासो देखाएको र डोल्पामा राम्रो उत्पादन हुनेमा आसा राखेको पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका प्रमुख चन्द्रलाल धरालाले बताए ।
कालिज पालन सुरु भएको भएपनि बजार र माग कति भन्नेबारे कृषकहरु अनबिज्ञ नै रहेका छन । करिब दशलाख हाराहारीमा थालनी गरिए पनि मौसम अनुसार उत्पादन हुने कि नहुने र दररेट कस्तो भन्नेबारे कृषकलाइ खासै जानकारी छैन ।

कालिज लौकाट र बटाई  (चरा प्रजाति) भएकोले यसको पालन प्रजननको लागि निकुञ्जको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौंबाट स्वीकृती लिनु पर्ने र बन क्षेत्र डिभिजन वन कार्यालयले हेरेर पालनको अनुमति लिएर पालन गर्न पाउने कानुनी ब्यवस्था रहेको छ ।