दुनै : डोल्पामा छतमा आगोको राँको बालेर साउने लुतो फालिएको छ । बर्षभरिको रोग,दुख,कष्ट,सबै हटाउने भन्दै प्रत्यक घरका छतमा आगोको राँको बालेर साउने लुतो फालेका हुन ।
पूर्खौदेखीको साउने तुलो फाल्ने प्रचलन डोल्पामा हाल पनि कायमै रहेको छ । डोल्पाको माथिल्लो डोल्पा बाहेक अन्य सबै क्षेत्रमा साउन १ गते साँझ छतमा आगोको राँको बालेर रोग,दुख,कष्ट भागिजा भनेर गाली गर्दै साउने लुतो फाल्ने गरिन्छ ।
यस बर्ष कोरोनाको कहर भोगी रहेका डोल्पालीहरुले कोरोनाको अन्त छिट्टै होस सुख र सम्बृद्धि छावस भन्दै छतमा आगोको राँका बालेर लुतो फालेका छन । हामी निकै दुखि भएका छौ रोग,भोग र सोक सबैले एकै पटक च्यापेको छ अब साउले लुतो फालेपछि केहि कष्ट अत्न हुने बिश्वास रहेको स्थानीय धनराम बुढाले सुनाए ।
डोल्पामा घरको छतमा कालो बोका नभए कुखुराको बलि चढाएर आगोको राँको सँगै दुख बिसाउदै खुसिको अनुभुति तिर सकारात्मक सोच बनउने परमपरा रहेको छ ।कालो श्रावण भनिएपनि आजकै दिनबाट दुख,रोग सबै हराउने र सुखका दिन खुसिका दिनहरुको सूरुवात हुने जनबिश्वास रहेको पाईन्छ ।