पत्रकारहरुलाई स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

जैतुन अनलाइन | 2020-07-14

दुनै : डोल्पा जिल्लाका विभिन्न संचारमाध्यमहरुमा आवद्ध पत्रकारहरुलाई स्वास्थ्य सम्बन्धी तालिम दिईएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोल्पाको अयोजनामा जिल्लामा क्रियासील पत्रकारहरुलाई महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को बारेमा जानकारी दिईएको हो । सोमवार सदरमुकाम दुनै उपस्थीत पत्रकारहरुलाई कोरोना भाईरस कोभिड १९ का बारेमा स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिएका थिए । यो महामरीको समयमा पत्रकारहरु विभिन्न ठाउँमा सुचना समाचार संकलन गर्न जाने हुुनाले खतरा हुन सक्ने भन्दै पत्रकारहरु कसरी सुरक्षीत हुने भन्ने विषयमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको स्वास्थ सेवा प्रमुख डाक्टर सिजन रावलले बताए । पत्रकारहरुलाई स्वास्थ्य कार्यालयले मास्क वितरण गरेको छ । यो महामारीको समयमा डोल्पाका पत्रकारहरु असुरक्षीत रहेको महसुस भएको भन्दै स्वास्थ कार्यालय डोल्पाले डोल्पा जिल्लामा क्रियासील पत्रकारहरुलाई KN-95 मास्क र सजिकल मास्क दिएको हो ।

हाल सम्म डोल्पामा कोरोना परिक्षणको विवरण 

बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ बाट हाल सम्म डोल्पामा संक्रमीतको संख्या ४ रहेको जस मध्य दुई जना निको भएर सामान्य अवस्थामा फर्किसकेको र एक जना यूवाको आईसोलेसनमा राखी उपचार भैरेहेको छ भने एक जना बृद्धाको मृतु पछि कोरोना पोजेटिभ आएको स्वास्थ सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । डाक्टर रावलकार अनुसार, हाल सम्म १ हजार २ सय ७८ जना लाई आरडिटी परिक्षण गरिएको छ । त्यस्तै १ हजार १ सय ३४ जनालाई पिसिआर परिक्षण गरीएको छ । जस मध्य भारत बाट डोल्पा पुगेका ३५ जना चिन बाट आएका एक जना र साउदी बाट आएका एक जना गरी ३७ जना बाहिरि मुलुकबाट डोल्पा प्रवेश गरेकालाई आरडिटी परिक्षण गरीएको छ ।

जिल्ला अस्पताल डोल्पाको प्रस्तुती सेवा विवरण 

यस आव भित्र जिल्ला अस्पताल डोल्पामा ९६ जना गर्भवती महिलाहरुको सफल प्रस्तुती गरीएको छ । जस अन्तरगत दुई जना जटिल प्रस्तुती गरीएको छ भने २३ जना गर्भवती महिलोको प्रस्तुती सफल सल्यक्रियाबाट गरीएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । विभिन्न आर्थिक तथा प्राविधिक जटिलताको विचमा पनी यहाँका महिलाहरुलाई सक्दो सेवा दिई रहेको पछि डाक्टर रावलले बताए । जिल्लाका विभिन्न स्वास्थ सँस्थाहरुबाट ३ सय भन्दा बढी गर्भवती महिलाहरुको सुरक्षीत प्रस्तुती भएको स्वास्थ कार्यालयले जनाएको छ । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानले दुर्गम जिल्लाहरुमा स्वास्थ सेवा दिईराखेको छु भन्ने तर डोल्पामा आफुलाई कुनै पनि सहयोग नगरेको डाक्टर रावलले दुख व्यक्त गरे । डाक्टर रावलले भने, यहाँ भौगोलीक हिसावले आफैमा विकट छ । यहाँ काम गर्ने दक्ष जनशक्ती र कर्मचारीको लागी आर्थिक स्रोत जुटाउन गाहे हुन्छ । केहि बर्ष पहिले जिल्ला अस्पताल डोल्पामा सेवा दिदै आईरहेको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानले हाल भने आफ्ना सवै कर्मचारी फिर्ता लिएको छ ।