राष्ट्रिय बाणिज्य बैंकद्धारा वडालाइ ८० थान भिटिएम सहयोग

जैतुन अनलाइन | 2020-07-10

दुनै :  कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागी राष्ट्रिय बाणिज्य बैंक दुनै शाखाले भिटिएम किट सहयोग गरेको छ । सामाजिक उत्तरदायीत्व अन्तरगत राष्ट्रिय बाणिज्य बैंक दुनै डोल्पा (४५८) शाखाले ८० वटा भिटिएम कटि ठुलीभेरी नगरपालिका ३ मा हस्तान्त्ररण गरेको हो । कोरोना परिक्षणका लागि आबश्यक पर्ने ८० थान भिटिएम किट डोल्पाको सदरमुकाम रहेको वडामा वडा अध्यक्षलाइ हस्तान्तरण गरेको राष्ट्रिय बाणिज्य बैंक दुनै शाखाका प्रबन्धक चुडामणी केसिले जानकारी दिए ।

कोरोना भाईरस रोकथाममा सहयोग पुगोस भन्ने उद्धेश्यले बाणिज्य बैंक डोल्पा शाखाले डोल्पाको ठुलीभेरी नगरपालिका वडा नं. ३ का अध्यक्ष अर्ण बहादुर न्यौपानेलाई पिसिआर परिक्षणमा आबश्यक पर्ने भिटिएम किट सहयोग गरेको शाखा प्रबन्धक केसीले बताए ।
कारोना रोकथाम तथा नियन्त्रणमा सूरुवाती चरण देखि नै राष्ट्रिय बाणिज्य बैंक दुनै शाखाले जिल्लामा जनचेतनामूलक प्रचार प्रशारमा काम गरि रहेको छ भने शुक्रबार पिसिआर परिक्षणका लागि चाहिने भिटिएक किट समेत सहयोग गरेको ठुलीभेरी नगरपालिका ३ का अध्यक्ष अर्णाबहादुर न्यौपानले जानकारी दिए ।

यो महामारीको समयमा राष्ट्रिय बाणिज्य बैंकले पिसिआर परिक्षणको लागी किट सहयोग गरेको भन्दै बाणिज्य बैंकलाई वडा अध्याक्ष अर्ण बहादुर न्यौपानेले धन्यवाद दिए । न्यौपानेले भने यो संकटको समयमा सवैले हातेमालो गरिदिएकोले वडालाइ थप सहज भएको बताए ।
हाल डोल्पामा कोरोना संक्रमीतको संख्या ३ पुगेको छ भने एक जनाको ज्यान गैइसकेको छ । कोरोना संक्रमीत सबै पूरुष हुन दुई जना सदरमुकाम दुनै र एक जनालाई मुड्केचुलाको त्रिवेणी आईसोलेशनमा राखी उपचार भै रहेको छ । संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले जानकारी दिएका छन । जिल्लामा रहेका बैँकहरुमा कोरोना रोकथाम तथा नियन्त्रणमा सबैभन्दा धेरै लगानि गर्ने राष्ट्रिय बाणिज्य बैंक परेको स्थानीय सरकारको दावी रहेको छ ।