दुनै : डोल्पामा फेरि एकजनामा कोरोना पुष्टी भएको छ । मुड्केचुला गाँउपालिका ६ का २३ बर्षिय यूवामा कोरोना पुष्टी भएको हो ।
मुड्केचुला गाँउपालिकाको त्रिबेणीको क्वारेन्टिनमा रहेका २३ बर्षि यूवाको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ आएको मुड्केचुला गाँउपालिकाले प्रेश बिज्ञप्ती जारी गर्दै गाँउपालिका शिल गरेको जनाएको छ ।
काठमाण्डौबाट घर आएका २४ जना नागरिकको पिसिआर परिक्षणका लागि सुर्खेत पठाएकोमा २३ बर्षका एक युवामा कोरोना पोजेष्टिभ भएकोले उनलाइ आइशोलेसनमा राखिएको र गाँउपालिका शिल गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले जानकारी दिए ।
बाहिर जिल्लाबाट जिल्लामा आउने नागरिक निरन्तर आइरहेको र कोरोना परिक्षण पश्चात एक जना यूवामा कोरोना पोजेटिभ भएपछि अन्य नागरिक सुरक्षित बनाउन गाँउपालिका शिल गरिएको गाँउपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताए ।
गाँउपालिकाले बिज्ञप्ती पनि निकालेको र एक जना यूवामा कोरोना पुष्टी भएपछि उनलाय बिशेष ब्यवस्था सहित आइशोलेसनमा राख्न निर्देशन गरि सकेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
प्रजिअ सुनारका अनुसार जिल्लामा दुईजना सुरक्षाकर्मि पोजेटिभ भएको आज फेरि मुड्केचुलामा एक जना थपिएपछि जिल्लामा संक्रमितको संख्या तिन पुगेको बताए ।
डोल्पामा हाल सम्म तिनजना कोेरोना संक्रमित छन भने ५८ बर्षका एक जना पूरुषको ज्यान गैसेको छ । संक्रमित सबै पूरुष रहेका छन । कोरोना पोजेटिभ भएसँगै सुरक्षा थप कडाइ गरिएको र अनिबार्य मास्क लगाउन आग्रह गरेको प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
मुड्केचुला गाँउपालिकाले जारी गरेकाे गाँउपालिका शिल सम्बन्धी सुचना