डोल्पामा पुग्यो सलह किरा मकै खाएपछि कृषक चिन्तीत (भिडियो सहित)

जैतुन अनलाइन | 2020-07-09

दुनै :  डोल्पामा पनि सहल किराको बथान पुगेको छ । सलह किरा डोल्पाको जगदुल्ला गाँउपालिकामा पुगेर मकै बारी नै सकाएपछि कृषक चिन्तीत भएका छन । सूरुसूरुमा छिटफुट देखिएका सहल बिहिबार बिहानै देखि ठुलो झुण्डमा मकै बारिमा बसेको र मकै सबै खाएपछि कृषहरु आत्तिएको जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज जैशिले जानकारी दिए । जैशिका अनुसार हजारौको संख्यामा छन मकैमा बसेभने डाँड मात्रै बांकी राख्ने गरेपछि स्थानीयहरु थाल बजाएर भगाउन थालेपनि नसकेको बताए । बिहानैदेखी ठुलो संख्यामा सहलले मकै खान थालेपछि सबै कृषक मकै बारीमा सलह धपाउदै बसेको स्थानीय नन्दबहादुर लामाले बताए ।

एकै झुण्डमा बसेका सलह जगदुल्ला गाँउपालिकामा

बिहानै ठुलो संख्यामा सलह किरा उडे र मकै बारी छोपे भगाउनलाइ बिभिन्न उपाय लगाएका छौ तर सकेनौ लामाले सनाए । कोरोनाले त्रास छदैछ यार्सागुम्बाबाट कमाउन पाएनौ बारिको मकै पनि सलहले सखाप पारे अब भोकै मर्नेबेला आयो लाम निकै भाबुक बने ।
सलह आयो मकै सखाप पारि रहेको छ हामीसंग कुनै उपकरण छैन किटनाशक आकाशबाट छर्कीन पर्नेहुन्छ कुनै बिकल्प छैन कृषि शाखाका प्राबिधिक नरेश आचार्याले जानकारी दिए । उनले भने पूर्वतयारी थिएन किटनाशक हान्न उपकरण छैन निकै चिन्ताको बिषय हो ।
डोल्पामा सबैभन्दा धेरै उत्पादन हुने र धेरै जसो कृषि योग्य जमिनमा लगाईने मकै नै सलहले खान थालेपछि कृषहरु आत्तिएर स्थानीय सरकार र सरोकारवाला कार्यालयमा गुहार गरि रहेका छन ।

हजारौको स‌ख्यामा उडेका सलह किरा

कृषकको गुनासौ दैनिक आएको छ हामीले भगाउने उपाय सिकाएका छौ कृषि बिकास कार्यालय डोल्पाका प्रमुख भिमबहादर धरालाले जानकारी दिए । उनले भने बिहान साँझ उड्न सक्दैन छोप्ने र मार्ने भन्दा अरु कुनै बिकल्प छैन हामीले निरन्तर मन्त्रालयमा जानकारी गराइ रहेका छौ तर मार्ने वा भगाउने कुनै उपाय नभएको र थाल ठट्याउने वा बाजा बजाएर आगोको धुवा लगाएर भगाउने बताए ।
सलह किरा भने डोल्पाको मुड्केचुला,जगदुल्ला,त्रिपूरासुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका,काईके सम्म पुगेको छ भने हाल सम्म माथिल्लो डोल्पामा भने पुग्न सकेको छैन ।
डोल्पामा मकै उत्पाद धेरै हुने भएकोले पनि मकै सलहले खाएपछि भोकै बस्नुपर्ने अबस्था आउने भएको भन्दै कृषकहरु चिन्तीत भएका छन ।

भिडियो हेर्न तलको लिङ्क थिच्नुहोस