डोल्पाका ४०३ जना सबैको पिसिआर नेगेटिभ (स्थानीय खुसी जनजीवन सामान्य)

जैतुन अनलाइन | 2020-07-04

दुनै : डोल्पामा गत असार १५ गते पिसिआर गरिएको रिपोट नेगेटिभ आएको छ ।  ४०३ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको हो ।  असार १५ गते बर्ष ३१/३२ का दुईजनाको रिपोट पोजेटिभ आएपछि पहिलो पटक ठुलो संख्यामा ४०३ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरि नेपालगञ्ज भेरी अञ्चल अस्पताल पठाईको र सबैको रिपोट शनिबार नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
कोरोना पोजेटिभ रिपोटका आधारमा प्रहरी जवानलाइ आइशोलेसनमा दुईजना राखेपछि जिल्ला प्रहरी कार्यालय शिल गरिएको थियो भने दुनैमा सुरक्षा ब्यवस्था गडाइ गरिएको थियो । उनिहरुकाे ट्रेसिङमा रहेका सुरक्षाकर्मि स्थानीय नागरिकहरुकाे स्वाव पिसिआर परिक्षणका लागि लगिएको थियो ।  निकै त्रसित रहेका स्थानीयहरु सबैको पिसिआर रिपोट नेगेटिभ आएसँगै खुसी भएका छन । निकै खुसि कुरा भयो यदि कोरोना पोजेटिभ भएको भए निकै चुनौति हुने थियो सबै नेगेटिभ आएपछि निकै खुसिछौ प्रमुख जिल्ला अधिकार सुरेस सुनारले खुसी ब्यक्त गरे ।

प्रजिअ सुनारले भने अब क्वारेन्टिनमा रहेका पिसिआर गरेका सबैलाइ आजै घर पठाउने छौ र समुदाय स्तरमा पनि घर परिवार एक जनाको नुमनाका लागि स्वाव संकलन गरि पिसिआर परीक्षणको तयारी रहेकोले छिट्टै पिसिआर परिक्षणका लागि पठाउने बताए ।
प्रहरी जवानमा कोरोनाको रिपोट देखिएपछि त्रसित स्थानीय,कर्मचारीहरुलाइ कोरोना नभएकोले ढुक्क हुन तर सुरक्षाका उपायहरु भने निरन्तर अपनाउन स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन टेकबहादुर गूरुङले आग्रह गरे । हामी कोरोनाबाट सुरिक्षत छैनौ हामीले पिसिआर रिपोट नेगेटिभ आयो भन्दैमा लापरवाही गर्न नहुने र सबै सुरक्षित हुन स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले सबैलाइ आग्रह गरे ।
जेष्ट २० गते ५८ बर्षका एक जना पूरुषको मृत्यू पछि कोरोना पोजेटिभ भएको डोल्पामा पुन दुइजना पूरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका कोरोना फोकल पर्सन टेकबहादुर गूरुङले जानकारी दिए । तर डोल्पामा दुबै पटक कोरोना पोजेटिभ भएपनि कोरोना पोजेटिभ पछि संकलन गरि पिसिआर गरेर परिक्षण गरेपछि सबै रिपोट नेगेटिभ आएपछि नागरिकले पिसिआर माथी नै संका गरेका छन ।
पहिलो पटक पोजेटिभ आउदा २२२ जनाको र पछिल्लो पटक पोजेटिभ आउदा ४०३ जनाको पिसिआर गरिएको थियो तर सबैको रिपोट नेगेटिभ आएको छ । सबै रिपोट नेगेटिभ आएपछि डोल्पा जिल्ला हाल सम्म सुरक्षित नै रहेकाे मानिएको छ तर नागरिकहरु भने बाहिरबाट आउने क्रम जारी नै रहेकाे छ ।