जनता समाजबादी पार्टीले ४ बुद्धे माग सहित डोल्पाबाट प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र ।

जैतुन अनलाइन | 2020-06-30

दुनै :  जनता समाज वादी पार्टी नेपाल डोल्पाले आफ्ना विभिन्न चार वटा माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार जनता समाजवादी पार्टी नेपाल डोल्पाका सँयोजक प्रेम बहादुर बोहराको नेतृत्वमा एक टोलीले आफ्ना माग सहीत प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई ज्ञापन पत्र बुझाएको हुन । जसपा डोल्पाको विज्ञप्ती मा संविधानको मर्म र भावना अनुसार नागरीकता ऐन,२०६३ मा भएको वैवाहिक अंङ्गिकृत व्यवस्थालाईनै यथावत राखी नेपाली नागरीक संग विवाहा गरेका विदेशी नागरीकले आफ्नो मुलुकको नागरीकता परित्याग गर्ने कारावाही चलाएको प्रमाणको आधारमा नेपाली नागरीकता प्रदान गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै अर्को वैवाहिक अंङ्गिकृत नागरीकता प्रप्तीको प्रक्रियामा विदेशी महिला र पुरुषका दम्पती वीच कुनै पनि विभेद नगरी कानुनी ब्यवस्था गर्न माग गरीएको छ । यस्तै गार्खा सैनिकको रुपमा विदेशमा कार्यरत नेपालीहरुको नागरीकताको निरन्तरता र तीनका सन्तानलाई नागरीकता दिने ब्यवस्था मिलाउन माग गरीएको छ । अन्तीम  बुधामा योनिक र लैङगीक अल्पसंख्याहरु स्वायमले घोषण गरेको पहिचानलाई नै मान्यता दिई यौनिक तथा लैङगीक अल्पसंख्याहरुलाई नागरीकता प्रदान गर्ने व्यवस्था गर्ने माग सहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाई बुझाएको जनता समाजवादी पार्टी डोल्पाका संयोजक प्रेम बहादुर बोहराले बताए