डोल्पामै थन्कीयो ३६३ जनाको स्वाव ढुवानीमै कठिन

जैतुन अनलाइन | 2020-06-30

दुनै : डोल्पामा संकलन गरिएको स्वाब पठाउन नसकेपछि जिल्ला सदरमुकाम दुनैमा नै थन्कीएको छ । सोमबार दुनै,जुफाल र त्रिपूराकोटमा संकलन गरिएको ३६३ जनाको स्वाव ढुवानी हुन नसकेपछि दुनैमा नै थन्कीएको हो । सोमबार बर्ष ३१र ३२ का दुईजनाको रिपोट पोजेटिभ आएपछि एकै पटक ठुलो संख्यामा पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको र जहाजको उडान नभएपछि दुनैमा नै राख्नु परेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।

कोरोना पोजेटिभ भएका दुबैजना जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी हुन । उनिहरुको कन्टयाक्ट ट्रेसिङमा परेका सयौ नागरिकको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरिएको थियो । जहाज आउन सकेन हेलीकप्टरको लागि पहल गरेका हौ सकिएन आज डिफ्रीजमा राखेका छौ भोली पनि जहाज नआएको खण्डमा पैदल मार्गबाटै भएपनि पठाउनुपर्ने हुन्छ प्रमुख जिल्ला अधिकारी सुनारले बताए ।
एकै दिन ३६३ जनाको स्वाब संकलन भयो तर ढुवानीको ब्यवस्था नहुदा जिल्लामा नै राख्नुपर्ने बाध्यता आयो जिल्ला स्वास्थ्य प्रमुख डाक्टर सिजन रावलले बताए । डाक्टर रावलले भने ७२ घण्टा सम्म राख्न मिल्ने हो तर समयमा पठाउदा राम्रो हुने भएकोले छिटो पठाउन पहल गरिएको हो सकिएन प्रदेश सरकारसंग समेत अनुरोध गरेको जानकारी दिए ।
जहाज,गाडिमा जिल्ला आएका र दुनैमा नै पोजेटिभ देखिएका सुरक्षाकर्मिको कन्टयाक्ट ट्रेसिङमा रहेका अन्य नागरिकको स्वाब संकलन भएको भएपनि स्वाब नेपालगञ्ज नगएपछि नागरिकहरु झनै त्रसित भएका छन । सुर्खेतमा भएको पिसिआर मेसिनमा समस्या आएकोले प्रदेश ५ बाँकेको भेरी अञचल अस्पतालमा डोल्पाको स्वाब परिक्षण हुने प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ भएको र ठुलो संख्यामा नागरिकको स्वाब संकलन गरिएको छ तर दुईदिन हुन लाग्दा समेत परिक्षण हुने ठाउसम्म पुगेको छैन जिल्लाकै मन्त्री र माननीय भएको के काम नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले आक्रोस ब्यक्त गरे ।
पिसिआरको रिपोट ढिला आउने भएपछि नागरिकहरु झनै अन्यौलमा रहेका छन । प्रदेस सरकारले कुनै चासो नदिएको भन्दै नागरिकले बिरोध गरि रहेकाछन । पिसिआरको रिपोट छिटो आएको खण्डमा नागरिकले ढुक्कसँग बस्न पाउने र थप सजग हुन सक्ने नागरिक समाज डोल्पाका अध्यक्षको दावी छ ।
जेष्ट २० गते ५८ बर्षका एक जना पूरुषको मृत्यू पछि कोरोना पोजेटिभ भएको डोल्पामा पुन दुइजना पूरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका कोरोना फोकल पर्सन टेकबहादुर गूरुङले जानकारी दिए । साेमबारबाटै जिल्ला प्रहरी कार्यालय शिल गरिएको छ भने दुनै बजारमा सुरक्षा सतर्कतामा कडाइ गरिएकाे नेपाली सेना र शसस्त्र प्रहरीलाइ सुरक्षााकाे जिम्मा दिइएकाे प्रमुख जिल्ला अधिकारी सुरेसु सुनारले जानकारी दिए ।