मुड्केचुला गाँउपालिकाको आठौँ गाँउ सभा सम्पन्न “प्रत्यक वडाका आफ्नै भवन निर्माण गर्ने”

जैतुन अनलाइन | 2020-06-29

मुड्केचुला : डोल्पाको मुड्केचुला गाँउपालिकाले आठौँ गाँउ सभा सम्पन्न गरेको छ । आगामी आर्थिक बर्ष २०७७/२०७८ काे लागि अनुमानित  कुल  बजेटको २९ करोड ८६ लाख ५० हजार बराबरको बजेट घोषणा गर्दै ब्यावसाय र रोजगार तथा पूर्वाधारलाइ पहिलो प्रथामिकतमा राखेको छ ।
“प्रत्यक वडामा आफनै भवन निर्माण” ब्यावसायिक कृषि,पशुपालन, तथा रोजगार मुलक सिप र उत्पादन क्षेत्रमा बिशेष प्राथमिकतामा बजेट ब्यवस्था गरिएको गाँउपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
भौगोलिक हिसाबले निकै कठिन क्षेत्र रहेको मुड्केचुला गाँउपालिकाको भौतिक पूर्वाधार बिकासमा पनि प्राथमिकतामा रहेपनि कोरोनाको कारण बजेटमा हेरफेर भएकोे गाँउपालिका अध्यक्ष शाहीले बताए । शाहीका अनुसार कोरोना महामारि तथा बिपत ब्यवस्थापन कोषमा झण्डै एक करोड बजेट बिनियोजन गरिएको र त्यसैबाट सबै किसिमका बिपतसँग लड्नका लागि बजेट खर्च हुने बताए । त्यस्तै भौतिक पुर्बधार अन्तर्गत मुड्केचुला को कालिका को प्यारी लेख हुँदै नर्कु सम्म को मोटर बाटो को लागि प्रदेश को ७० लाख र हाम्रो ७०लाख गरि १ कराेड ४० लाख  र सर्मी गाउँ हुदै घुरेलि सम्म को मोटर बाटो लागि पनि ७०/७० गरि १ करोड ४० लाख बिनियोजित गरेको बताए ।
मुड्केचुला गाँउपालिकाले प्राबिधिक शिक्षामा डिप्लोमामा अध्ययन गर्ने ४ जना र उच्च शिक्षा,डाक्टर,ईन्जिनियर पढ्ने ४ जनालाइ एक लाख पचास हाजरका दरले अनुदान दिन । लोकसेवा तयारी गर्ने २७ जना बिद्यार्थिहरुलाइ ३० हजारका दरले अनुदान दिने बजेटमा ब्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले जानकारी दिए ।

आठौँ गाँउसभामा हर्षित गाँउपालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष

प्रमुख प्रशासकिय अधिकृत डाँगीका अनुसार गरिब निमुखा र एक महिना देखी १६ बर्ष सम्मका बालबालिकाहरुलाइ महिनाको एकहजारका दरले १० महिना सम्म एकसय जनालाइ प्रोत्सान भत्ता दिने । सबै वडाका महिला स्वयसेविकाहरुलाइ प्रतीब्यक्ति ६ हजारका दरले भत्ता दिने बजेटमा समाबेश भएको बताए ।
जेष्टनागरिक सम्मान,सिलाइकटाइ तालिम,आरन औजार खरिद तथा थप सुधार तालिम,स्वास्थ्य क्षेत्रमा आकश्मिक उपचार खर्च,शाक्षर गाँउपालिका घोषणा,गाँउपालिकाको गूरु योजना निर्माण लगायतका योजनाहरुलाइ बिशेष प्राथमिकतामा राखिएको गाँउपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । शाहीले भने दलित जनप्रतिनिधिहरुबाट दलितसँग जनचेतनामुलक कार्यक्रम,घुम्ती शिबिर,झोलुङ्गे पुल निर्माण,शिक्षामा बिशेष अनुदान,दुर्लभ रेडपाण्डा सँरक्षण लगायत कुल ७२ वटा शिर्षकमा मुड्केचुला गाँउपालिकाको आठौँ गाँउसभामा बजेट बिनियोजन गरिएको बताए ।  गाँउपालिकाको आठौँ गाँउ सभा अहिले सम्मकै भब्य र सभ्य रुपमा सम्पन्न भएको गाँउपालिकाको दावी रहेको छ।

आठौँ गाँउसभमा उपस्थित जनप्रतिनिधिहरु

गाँउसभामा माैन धारण गर्दै जनप्रतिनिधिहरु

बजेट प्रस्तुत गर्ने तयारीमा गाँउपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत