लकडाउनमा सिप सिक्दै जगदुल्लाका महिलाहरु (फोटोफिचर)

जैतुन अनलाइन | 2020-06-27

जगदुल्ला रिमी : कोरोनाको कहर सँगै लकडाउनले डोल्पाका गाँउगाँउ पनि अछुता छैनन । दैनिक काम गरेर गुजारा चलाउने गाँउका मानिसहरु लकडाउन पछि सकस त छदैछ । तरपनि लकडाउनको समयलाइ सदुपयोग गरि रहेका छन डोल्पाका एक गाँउका महिलाहरुले । डोल्पाको जगदुल्ला गाँउपालिका ३ का महिलाहरु ढाँका बुनाइको सिप सिकि रहेका छन । पश्चिमि उच्च पहाडी सँगठन (उडान)को आर्थिक सहयोगमा लकडाउनमा घरमै बसि रहेका महिलाहरुले ताङमा ढाँका बुनी रहेका छन । १२ जना महिलाहरुले ६–६ जनाको पालो गरि सामाजिक दुरि कायम गरि ढाँका बुन्ने सिप सिकिरहेको सिप सिक्दै गरेकी उमा लामाले बताइन । लामा भन्छिन हामीलाइ यस्तोबेलामा पनि सिप सिक्ने मौका पायौ कोरोनाले लकडाउन भएपनि हामीले सामाजिक दुरी कायम गरेर ढाँका बुन्ने सिप सिक्न पाएका छौ त्यहि खुसिको कुरा हो यस्ले हामीलाइ झनै उत्साहित पारेको छ । स्थानीय सरकारको सहजता सँगै सुरु भएको ढाँका बुनाइ सिपले महिलाहरुलाइ आम्दानीको स्रोत पहिचान गराएको केशु बिकले बताईन । उनले भनिन यो लकडाउनमा सिकेको सिपले हामीलाइ आजिबन आम्दानी आउने सिप दिनेछ हामी तनमन लगाएर सिकेका छौ र भोली ब्यावसायिक हुनेछौ केशुले प्रतिबद्धता जनाइन ।


महिलाहरुले निकै उत्सुकताका साथ सिकि रहेको र छोटो समयमा नै धेरै प्रतिफल निकालेको भन्दै प्रशिक्षक शान्तीकुमारी पुन मगरले खुसि ब्यक्त गरिन । उनले भनिन महिलाहरु आफैले ढाँकाको उद्योग सञ्चालन गरि ब्यवासाय गर्ने बताएको भन्दै समयको सहि सदुपयोग गरेको बताईन ।  डोल्पामा पहिलो पटक प्रयास गरिएको ढाँका बुनाइ सिपले महिलाहरुको मुख्य आम्दानीको स्रोत बन्नेमा बिश्वस्त रहेको जगदुल्ला गाँउपालिका उपाध्यक्ष अमृता लामाले बताइन ।  उनले भनिन हाम्रो स्थानीय सरकारले पनि महिलाहरुलाइ भोलीका दिनमा सहयोग हुनेछ तर सिप निरन्तर हुनुपर्ने र थप अरु ईच्छुक महिलाहरुलाइ पनि सिकाउनुपर्ने बताईन । पश्चिमि उच्च पहाडी सँगठन (उडान)को सिप सिकाउने थोरै रकमले सूरुवात गरेको ढाँका बुनाइमा महिलाहरुले बुनको ढाँकाका पटुका,सौवल,पछयौराहरु एक जार देखि २ हजार सम्म मुल्यमा बिक्रि हुने गरेको सिप सिक्दै गरेकि रामकर्णी लामाले बताईन ।

नेपाल सरकार उधाेग,पर्यटन ,वन तथा वातावरण मन्त्रालयकाे प्राबिधिक सहयाेग उधाेग तथा उपभोक्ता हित संरक्षण कार्यालय डाेल्पाकाे आर्थिक सहयाेगमा ग्रामीण परिवेश नेपाल जुम्ला /पश्चिम उच्च पहाडि विकास संगठन नेपाल जे. भि.डाेल्पाकाे आयाेजनामा,जगदुल्ला गाउपालिकाे समन्वयमा संचालित गरिबी निबारणका लागि लघु उधम विकास कार्यक्रम (MED-PA)अन्तर्गत जगदुल्ला गाउपालिकाकाे वडा न ३ थापा गाउमा ढाका बुनाइ सीप विकास तालिम संचालन गरिएको हाे र तालिमकाे उदेश्य गरिब,दलित,महिला जनजाति पिछडिएका निमुखा समुदायलाई अायमुलक सिप सिकाई स्वराेजगार बनाई आय आर्जनमा टेवा पुगेको ग्रामीण परिवेश नेपाल जुम्ला /पश्चिम उच्च पहाडि विकास संगठन नेपाल जे. भि.डाेल्पाका जिल्ला प्रमुख मानव रोकायाले जानकारी दिए ।


ढाँका बुनाइ सिप अहिले साधारण भएपनि भोलीका दिनमा महिलाहरुको मुख्य आम्दानी हुने भन्ने बुझेको भन्दै महिलाहरुको सामुहिक रुपमा ढाँका बुनाइ उद्योग सञ्चालन गर्न सकिने वडा अध्यक्ष लालाबहादुर बोहोराले बताए । बोहोराले भने भोलीका दिनमा घरेलु राईका निर्माण देखि अन्य ढाँकाका कपडा निर्माण गरि स्थानीय उत्पादनको लोगो सहित निर्यात गर्ने लक्ष्य रहेको दावी गरे । ढाँका बुनाईको सिप सिकाइ पछि महिलाहरुले घरधन्दा पनि चलाउने र बिहान साँझ घरमै बसेर एक्लै पनि ढाँकाका कापडा निर्माण गर्न सक्ने प्रशिक्षक पुनमगरले बताइन । हामीले थोरै सहयोग गरेका छौ तर महिलाहरुको यो उत्साह् देख्दा हाम्रो लाखौ खर्च निकै कम भएको पश्चिमि उच्च पहाडी सँगठन (उडान)का अध्यक्ष धनिराम बुढाथोकीले बताए ।  कोरोना भाईरसका कारण लकडाउन पछि यार्सागुम्बा सँकलन गर्न नपाएका महिलाहरुले घरमै दैनिक आम्दानी हुने सिप ढाँका बुनाइ सिक्न पाएपछि सुखको सिप भन्दै खुसि ब्यक्त गरेका छन ।  सरकारको सहयोग भएमा गाँउमै ढाँकाको उद्योग सञ्चलन गर्ने ईच्छा रहेकोेले सिप आफना प्राथमिकतामा रहेको महिलाहरुको भनाइ रहेको छ ।

पहिलो पटक ढाका बुन्दै जगदुल्लाका महिलाहरु