जगदुल्ला गाँउपालिकाको बजेट कृषि रोजगारलाइ प्रथमिकता “एक करोड बिपत ब्यवस्थापनमा”

जैतुन अनलाइन | 2020-06-27

दुनै : डोल्पाको जगदुल्ला गाँउपालिकाले आठौँ गाँउ सभा सम्पन्न गरेको छ । कुल २६ करोड ४५ लाख ८४ हजार बराबरको बजेट घोषणा गर्दै कृषि र रोजगारलाइ पहिलो प्रथामिकतमा राखेको छ ।
“एक घर एक रोजगार” ब्यावसायिक कृषि,पशुपालन, तथा रोजगार मुलाक सिप र उत्पादन क्षेत्रमा पहिलो प्राथमिकतामा बजेट ब्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत केशबराज जैशिले जानकारी दिए ।
भौगोलिक रुपमा सानो र कम जनसंख्या रहेको जगदुल्ला गाँउपालिकाको भौतिक पूर्वाधार बिकासमा पनि जोड दिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकरी दिए । रोकायाले भने बिपत ब्यवस्थापन कोषमा एक करोड बजेट बिनियोजन गरिएको छ यसबाट सबै किसिमका बिपतसँग लड्नका लागि बजेट खर्च हुनेछ ।
कारोना रोगले एक जनाको गुमाएको गाँउपालिकाले स्वास्थ्यलाइ बिषेश बजेट राखिएको र कोरोनाबाट अब आउने थप जोखिमको लागि पनि पूर्व तयारीका साथ बजेट मिल्ने सम्मको ब्यवस्थापन गरिएको अध्यक्ष रोकायाले दावी गरे ।
गाँउपालिका भित्रका आन्तरीक सड्कलाइ थप ब्यवस्थित बनाउने,शिक्षालाइ अझै प्रभाबकारी बनाउने,हरेक वडामा सिप बिकास गर्ने,उत्पादन क्षेत्रमा लगानी बढाउने जस्ता योजनालाइ बिषेश जोड दिएको गाँउपालिकाको जनाएको छ ।
सरकारको कार्यबिधि अनुरुप नै गाँउपालिकाले आठौ गाँउसभा गरेर बजेटको ब्यवस्थापन गरेर घोषणा गरेको प्रमुख प्रशासकिय अधिकृत केशबराज जैशिले जानकारी दिए । उनले भने कोरोना सहित अन्य कुनैपनि बिपतका लागि भनेर ठुलो बजेट राखिएको र अन्य सबै क्षेत्रको बजेट समान रहेको बताए ।
जगदुल्ला गाँउपालिका बाहेक अन्य कुनैपनि स्थानीयतहले गाँउ सभा सम्पन्न गरेका छैनन भने अधिकाँश तयारीमा रहेका छन । केहि दिनमा अन्य ७ स्थानीयतहले पनि आधिकारीक रुपमा घोषणा गर्ने बताएका छन ।