पूर्व राज्य मन्त्री धनबहादुर बुढाको पहलमा डोल्पाका ३५ जना नागरिकको जहाजबाट उद्धार

लेख बुढा | 2020-06-23

दुनै : बिश्व महामारीको रुपमा फैलिएको कोराना भाईरस (कोभिड १९ )को कारण काठ्मान्डौ मै अलपत्र परेका डोल्पाली नगरीकहरुलाई मंगलबार सुमिट ईएरको जहाज मा काठ्मान्डौ बाट डोल्पा उद्धार गरिएको छ । डोल्पा जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व पर्यटन राज्य मन्त्री धन बहादुर बुढाले लकडाउनको कारण आफ्ना नागरीक काठमानडौँमा अलपत्र परेको भन्दै रक्षा मन्त्रालय,पर्यटन तथा नगरीक उड्यान मन्त्रालय र गृह मन्त्रालयमा निवेदनका साथ आग्रह गरे पछि मंगलबार काठ्मान्डौ बाट डोल्पा सिधै सुमित इएको जहाजले उडान भरको हो ।

लकडाउन विस्तारै खुकुलो हुदै गएको कारण आफ्ना जनताहरु गृह जिल्ला फर्कन चाहेको भन्दै पुर्व राज्य मन्त्री बुढाले दिएको दिवेदनलाई नेपाल सरकारले स्वीकृत गरेपछी मंगलबार हवाईजहाजमा एक फ्लाईटमा १७ जना र अर्को फ्लाईटमा १८ जना गरी दुई टिभमा जम्मा ३५ जनालाई काठ्मान्डौ बाट डोल्पा उद्धार गरीएको प्रतिनिधि सभा सदस्य तथा पुर्व राज्य मन्त्री धन बहादुर बुढाका स्वाकीय सचिव कमल बहादुर रोकायाले जानकारी दिए । पहिलो चरणमा डोल्पा जान चहाने ईच्छुक ३५ जना सम्र्पकमा आएकाले उनिहरुलाई डोल्पा पठाइएको र फेरी पनी डोल्पा जान ईच्छुक आएमा उद्धारको लागी पहल चालिने संसद बुढाले बताएको स्वकीय सचिव रोकायाले बताए ।

मंगलबार डोल्पामा पुगेका ३५ जना डोल्पालीलाई काठ्मान्डौमा आरडिटि परिक्षण गरी पुर्ण सुरक्षाको साथ डोल्पा पुर्याईएको बताईएको छ । पैदल यात्रामा असुक्षाको महसुस गर्दै हवाईजहाजमा डोल्पा जनकोलागी पहल चाल्दीन प्रतिनिधि सभा सदस्य धन बहादुर बुढालाई काठ्मान्डौँ मा हरेका डोल्पालीहरुले आग्र गरे पछी सवै प्रक्रिया पुरा गरी मंगलबार ३५ जना डोल्पालीलाई उद्धार गरीएको हो । मंगलबार ३५ जना डोल्पालीहरुलाई काठ्मान्डौँ बाट सिधै डोल्पा पुर्याउन प्रतिनिधि सभा सदस्य धन बहादुर बुढा,ठलीभेरी नगरपालिका प्रमुख गणेश बहादुर शाही,उपप्रमुख योगेन्द्र बहादुर शाही,पर्यटन व्यवसायी जितेन्द्र झक्री लगायतका विशेष पहल रहेको अनेरास्ववियू केन्द्रीय सदस्य तथा पुर्व राज्य मन्त्रीका स्वकीय सचिव कमल बहादुर रोकायाले बताए ।