ग्यासले खोस्यो दाउरा बेची दैनीकी चलाउने कमाई (दुनैमा दाउरा बिक्री नभएको पिडा)

लेख बुढा | 2020-06-21

दुनै : सड्कले जेनतेन छोयो डोल्पा सदरमुकाम दुनैलाइ अनि पल्टी गर्दै आएका महगा ग्यासले निजी चुलाेदेखि होटेल रेष्टुरेण्ट सम्मका चुलोमा बल्न थाले हुरुरु ग्यास । ग्यास आयो धुवा पनि कम भयो दाउरा मलाइ देउ यतिमा देउ भन्न नि परेन दुनैका जो कोहिलाइ तर ग्यासले नै दाउरा बेचेर दैनिकी चलाउनेहरुकाे राेजिराेटी नै खोसियाे ।

यितबेला डोल्पाको सदरमुकाम दुनै बजारमा केहि बर्ष पहिले देखि दाउरा बिक्री गरेर गुजारा चलाउदै आएका महिलाहरु अहिले दाउरा बिक्री नभएपछि पिडित बनेका छन । सदरमुकाम दुनै बजार आसपासका ठाउँहरुका महिलाहरु दाउरा दाउराको भारी बिक्री गरेर आवश्यक घर खर्च चलाउने गर्दथ्ये तर आज भोली सदरमुकाम दुनैमा यातायातको सन्जालले छोए पछि सवैले ग्यास चुलोको प्रयोग गर्दा दाउरा बिक्री हुन छोडेको छ । आईतबार विहाना डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं. २ लोचा की स्थानिय हरिजिता बि.क सहित १० जनाको महिलाको टोली करिव साढे एक घण्टाको बाटो हुदै पसिनाको धारा सगैँ सदरमुकाम दुनैमा आउदै थिए । उनिहरु पसिनाले तलपत भएका थिए एकै लस्करमा निकै रफतारमा दाउराकाे भारि बाेकेर दुनै बजार तिर लम्की रहेका थिए ।

बोकेको एक भारी दाउराको मुल्य कति हो भनेर सोद्धा भारिको ६ सय हो एक महिलाले भनिन सगैँ अर्को महिलाले भनिन,ग्याँसले गर्दा दाउरा त बिक्री हुदैन कसैले किन्ने भए भारिको पाँच सय रुपैयामा बिक्री गर्ने हो निकै निरासा पनि थियाे उनिहरुमा दाउरा बिक्रि हुदैन की भनेर । स‌गै आएकी  हरिजीता बि.क ले भनिन पहिले हामीहरु प्रत्येक दिन एक भारी दाउरा बेचेर आएको भारीको ६ सय रुपैयाले नै घर खर्च चलाउने गरेका थियौ तर  आज भोली हप्तामा एक दिन दाउराको भारी दुनै बजारमा ल्याउछौ तर भारीको पाचँ सय रुपैयामा पनि धौधौ बिक्री हुन्छ त्यहि एक भारी बेच्न दिनभर लाग्ने गर्छ  निकै निराश हुदै दुख सुनाईन ।

यस्तै अर्कि महिला छिरिङ बिक को पनि पिडा उस्तै थियो उनि भन्दै थिइन केहि बर्ष पहिले दुनैमा बस्ने कर्मचारी,व्यापारीले खाना पकाउनको लागी भारीको भारी दाउरा अर्डर गर्दथे तर आज भोली हप्तामा एक दिन दुनैमा दाउरा बिक्री गर्न ल्याउदा दाउरा बिक्री गर्न गार्है हुन्छ । त्यायो बेला त  दाउराकाे लागि माथिल्लो दुनै सम्म आएर बाटैबाट मेरो भारी भनेर लैजाने गर्दथे सबैलाइ दाउरा पुर्याउन सकिदैन थ्यो अहिले लैजाउ भन्दा नि सस्तो गर महगाे भयाे भन्छन ।

सड्क सञ्जालमा डोल्पाका दुनै जोडीए पछि प्राय जस्तो ग्यासँ चुलोको प्रयोग गर्ने गरेका छन । ग्याँस प्रयोग गर्दा धुवा कम हुनुको साथै खर्च पनि कम हुने दुनैमा होटेल व्यवसाय गर्दै आएका व्यवसायी प्रेम थापाले स्वास्थ्यकाे हिसाबले पनि ग्यास राम्रो भएकाे सुनाए । थापाले भने दाउरा बाट पकाएको खाना मिठो हुन्छ  तर दाउरा महगोँ हुने भएकाले ग्यासँ बाट नै पकाउदा सजिलो हन्छ  मिठो भन्दा पनि सबैले फाइदा हेर्ने त हो  ग्यास सस्तो पनि छ । दुनै बजारका स्थानियहरुले हाल ग्याँस प्रति सिलिन्डर २२ सय देखि ३ हजार रुपैयामा भरेर प्रयोग गर्दै आईरहेका छन । दुनै बजारमा ग्याँस चुलो नपुग्दा थाला,लोचा,तिप्ला,मेलसरा र परिला लगायतका स्थानियहरु दाउराका भारीहरु बेचेर घर खर्च चलाउदै आईरहेका थिए । दाउरा बिक्रि हुदैन अरु कुनै उपाय जानेका छैनाै अन्य केहि उपायको बारेमा स्थानिय सरकारले पनि आम्दानीकाे बाटो नसिकाएकाे उनिहरुको आरोप छ ।

दाउराको लागि लुछाचुडी गर्ने दुनैका होटेल ब्यावसायिहरु आज भोली दुनैमा होटेल र घरहरुका चुलाचुलामा पुगेका दाउरा पनि सस्तो गर महगो भयो भन्दै किन्न आलटाल गर्ने गरेपछि दाउरा बोकेरै दैनिकी चलाउनेहरुको बिचल्ली भएको छ । ब्यावासयका नाममा स्थानीय सरकारले चलाएको लाखौको बजेट भने यि दाउरा बोक्ने सम्म कहिले पुगेन ।