दुनै : ठुलीभेरी नगरपालिका भित्र रहेका विभिन्न ठाउँहरुमा सञ्चान भएका योजनाहरुको अनुगमन गरीएको छ । आ.व. २०७६।०७७ मा कृषि विकास कार्यालय डोल्पा अन्तर्गत सञ्चानलित विभिन्न योजनाहरुको अनुगन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माको सँयोजकत्वमा जिल्ला समन्वय समिति डोल्पाका सदस्य प्रेम वि.क ,कृषि विकास कार्यालयका योजना शाखा प्रमुख बुद्धि बुढाथोकी,सोही कार्यालयका प्रसार विभाग प्रमुख गोरख बहादुर बुुढा र पत्रकार लगाएको एक टोलीले विभिन्न अनुगमन गरेको छ । कृषि विकास कार्यालय डोल्पा अन्तर्गत सञ्चालित ठुलीभेरी नगरपालिका वडा नं. ५ लाहारामा सञ्चालित आलु पकेट,वडा नं. ५ माझफालमा सञ्चालित ओखर पकेट,स्याउँ पकेट,स्याउँ ब्लक र कृर्षि सिँचाई को अनुगमन गरिएको छ । यस्तै ठुलिभेरी नगरपालिका वडा नं. ६ थरगाउँमा एउटा स्याउ पकेट,एउटा कृषि वन कार्यक्रम र अर्गानिक नमुना गाउँ कार्यक्रमको अनुगमन गरिएको छ । यस्तै वडा नं. ६ भित्र पर्ने दुरगाउँ स्याउँ पकेटको पनि अनुगमन गरिएको छ ।
टर्किबाट जहाज चार्टर गरेर ल्याएको च्यालन्दर जातको उन्नत जातको दाते ओखर
यसै विच सोही अनुगमन टोलीले ठुलिभेरी नगरपालिका वडा नं. ७ जुफालमा सञ्चालित दाविको स्याँउ पकेट,पारङग ओखर पकेट र डागीँवाडा कृषि सिँचाईको अनुगमन गरिएको छ । आर्थिक बर्ष २०७६।७७ मा कृषि विकास कार्यालय डोल्पा अन्तरगत प्रत्यक पकेट अन्तरगत कृर्षक समुहहरुलाई ३ सय र ब्लक कृर्षक समुहहरुलाई २ हजारका दरले विरुवा वितरण गरिएको थियो । यस्तै साविको माझफालमा ३ सय ओखर र साविको जुफाल को पारङगामा ४ सय ओखरका विरुवा वितरण गरिएको कृषि विकास कार्यालय डोल्पाका योजना शाखा प्रमुख बुद्धि बुढाथोकीले बताउनु भयो । गत बर्षको भन्दा यो बर्ष कृर्षकहरुले केहि मेहेनत गरेको पाईएको र कोरोनाको कहरले गर्दा कृषकहरुलाई केही समस्या भएको शाखा प्रमुख बुढाथोकीले बताउनु भयो । यस अर्थिक बर्षमा प्रत्यक ओखर र स्याँउ पकेट क्षेत्रका कृषकले ४ लाख बरावरको रकम पाउने छन । ठुलिभेरी ५ माझफालमा ३० लाखको कृषि सिँचाई, वडा नं. ६ थरगाउँमा १० लाखको कृषि वन कार्यक्रम,३० लाखको आर्गानिक नमुना गाउँ कार्यक्रम,महिला सहकारी सँस्था मार्फत उधमशिलता कार्यक्रम १० लाख र ठुलीभेरी ९ डागीँवाडामा ८ लाखको कृषि सिँचाई कार्यक्रम लागु भएको कृर्षि विकास कार्यलय डोल्पाले जनाएको छ ।
कृषि बिकास कार्यालय सहितको अनुगमन टोली ठुलीभेरी नगरपालिका ६ को थरगाँउमा
धेरै जस्तो योजनाहरुको काम सम्पन्न भईसकेको र लकडाउनको कारण केहि कृषक समुहहरुको काम बाकीँ रहेकोले काम सकेपछी मात्र भुक्तानी गरिने कृषि विकास प्रसार प्रमुख गोरख बहादुर बुढाले बताउनु भयो । कृर्षक समुहलाई बाकी काम समयमै सम्पन्न गर्न पनि निदेर्शन दिईएको उहाँले बताउनु भयो । पछिल्लो समयमा कृषकहरु कृषिमा आकर्षित भएपनी कृषि सम्बन्धी ज्ञान भने कमी रहेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले बताउनु भयो । अवका योजनाहरु अनुदानको साथै सवै कृषकलाई पहिले दक्ष बनाए पछि कार्यक्रमहरु सन्चालन गर्दा राम्रो देखिने सहायक प्रजिअ शर्माले बताउनु भयो । साविको माझफाल गाविसका कृर्षकहरु स्याँउ र ओखर खेतिमा प्रेरित भएको पाईएको छ । यहाँका कृषकहरुले सिँचाईको आवश्यकता भएको बताएका छन । सवै खेतमारीमा ओखर र स्याँउका विरुवा लगाईयो तर सिँचाई नहुदा चिन्ता बढेको कृषकहरुको गुनासो रहेको छ । साविको माझफाल गाविसको सवै ठाउँहरुमा आलु वारी,सिमि वारी, गहुँ वारीमा स्याँउ र ओखरका विरुवाहरु लगाएका छन ।
अनुमगन टोली ठुलीभेरि नगरपालिका ५ माझफालमा