प्रजिअ मार्फत प्रधानमन्त्रीलाइ कांग्रेसको ज्ञापन पत्र(ज्ञपान पत्र सहित)

जैतुन अनलाइन | 2020-06-16

दुनै : नेपाली कांग्रेस डोल्पाले प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको हो । कोरोनाको महामारिको बेलामा पनि सरकार लाचार देखिएको भन्दै बिभिन्न माग सहित ज्ञापन पत्र बुभएको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पामा प्रमुख जिल्ला अधिकारीलाइ बिभिन्न दश बुदे माग सहितको ज्ञापन पत्र बुझाउदै कांग्रेस महासमिति सदस्य देबिकृष्ण अपाध्यायले तत्काल सबै मागहरु पूरा गर्नुपर्ने बताए ।
ज्ञापनपत्रमा भनिएको छ कोरोना रोकथाममा कुनै राम्रो पहल नुहनु,क्वारेन्टिनहरु संक्रमण फैलाउने बनाउनु,महामरिमा आर्थिक अनियमितता गर्नु,बिद्यार्थि,एकल महिला,अपाङ,गरिबहरुलाइ राहत बितरण नगरेको भ्रष्टचार बढ्दै गएको लगायतका कुराहरु उल्लेख गरिएको छ ।
सामाग्री अपूर्ति,क्वारेन्टिन ब्यवस्थापन,पिसिआर परिक्षण,अस्पतालको ब्यवस्थापन,भ्रष्टारचार अनियमितता नभई पार्दशिता,राहत बितरण,बिदेशका नागरिकको उद्धार,रोजगारी कृषि र खाद्य सुरक्षा र अर्थिक क्षेत्र गरि दश बुधे माग पत्र सहित ज्ञापन पत्र बुझाएको महासमिति सदस्य देबिकृष्ण उपाध्यायले जानकारी दिए ।
देश संकटमा रहेको बेलामा अहिलेको सरकारले झनै ठुलो संकट बनाएको भन्दै नागरिकको सुरक्षामा खेलाचि गरेको तरुणदल डोल्पाका अध्यक्ष तुलबहादुर बोहोराले आरोप लगाए । सरकारले कार्यकर्ता मुखि ब्यावहार गर्यो जनतामुखि भएन कोरोनाको नाममा जनतालाइ पिडा दिएर क्वारेन्टिनबाट झनै संक्रमण फैलायो । पिसिआर परिक्षणको दायरा बढाउन सकेन नेपाली कांग्रेस जिल्लाकार्य समिति सचिब जयनन्द उपाध्यायले खेद प्रकट गरे ।
नेपाली कांग्रेस डोल्पाको दश बुधे माग सहितको ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले भने केन्द्रीय सर्कलरलाइ जिल्लाले खबरदारी गर्नु निकै राम्रो काम भएको र जिल्लामा हरेक क्षेत्रमा सुधार गरेको तैपनि कतै समस्या भएमा थप सुझाबको अपेक्षा गरेको बताए । प्रजिअ सुनारले भने ज्ञापन पत्र तत्तकाल प्रधानमन्त्री कार्यालयमा पठाउने जनाए ।

ज्ञापन पत्र जस्ताकै तस्तै :

नेपाली का‌ग्रेस डोल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ बुझाएको ज्ञापन पत्र

नेपाली का‌ग्रेस डोल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ बुझाएको दश बुधे माग सहितको ज्ञापन पत्र

ज्ञापन पत्र पढेर सुनाउदै काँग्रेस महासमिति सदस्य देबिकृष्ण उपाध्याय