दुनै : डोल्पाका ६६ जनाकाे पिसिआर रिपोट नेगेटिभ आएको छ । जिल्ला अस्पातालमा आरडिटि परिक्षणमा पोजेटिभ आएका ठुलीभेरी नगरपालिका ६ का ६६ बर्षका बृद्ध सहित अन्य ६६ जनाकाे पिसिआर रिपोट नेगेटिभ आएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
घरबाट बिरामी परेर जिल्ला अस्पातल दुनै आएका बृद्धको आरडिटि परिक्षण रिपोट पोजेटिभ आएपछि बिहिबार उनी सहित उनको सम्पर्कमा रहेका अन्य ८ जनाको पनि स्वाब सकलन गरि पिसिआरको लागि सुर्खेत पठाइएको थियो । जिल्ला अस्पातलबाट कारागारको आईशोलेसन कक्षमा राखिएका ९ जनाको पिसिआर रिपोट नेगेटिभ आएपछि शनिबार नै बृद्ध सहित अरुपनि घर गएका छन ।
जिल्लाको ठुलीभेरी नगरपालिका,त्रिपूरा सुन्दरी नगरपालिकामा क्वारेन्टिनमा बसेका र स्वास्थ्यकर्मि अन्य कर्मचारी गरि ७१ जनाको पिसिआर गरिएकोमा ५ जना बाहेक अरु सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । रावलले भने पाँच जनाको रिपोट आउन समय लाग्ने भएकोले पालोमै रहेको र अन्य सबैको रिपोट नेगेटिभ आएको छ हामीले परिक्षणलाइ निरन्तर गरेका छौ सकास्पद भने हैन खाली परिक्षण गराउन समय लागेको मात्रै हो डाक्टर रावलले प्रष्ट पारे ।
जेष्ट २० गते जगदुल्ला गाँउपालिकामा मृत्यु भएका ५८ बर्षका पूरुषमा कोरोना पोजेटिभ देखिएपछि उक्त गाँउपालिकाका २२२ जनाको पिसिआर परिक्षण गराउदा सबैको रिपोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सुरेर सुनारले जानकारी दिए । प्रजिअ सुनारले भने मृतकमा कोरोना कसरी पोजेटेिभ भयो हामी चकित छौ तर त्यस क्षेत्रका सबै नागरिक अहिले सम्म सुरिक्षत छन जिल्लामै सबैभन्दा धेरै एकै पटक २२२ जनाको पिसिआर जगदुल्ला गाँउपालिकामा गरिएको छ । जहा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठनले पिसिआर परिक्षणको जिम्मा लिएको छ ।
हाल सम्म जिल्लामा ५७४ जनाको पिसिआर परिक्षण गरिएको छ भने ५ जना बाहेक अन्य सबैको रिपोट नेगेटिभ आएको छ । पाँच जनाको आउन बाँकी रहेको छ । त्यसैगरि एक हजार चार जनाकाे आरडिटि परिक्षण गरिएको छ भने १९ सय भन्दा धेरे नागरिक जिल्लामा भित्रिएका छन र पाँच सय भन्दा धेरै मानिस जिल्ला बाहिर गएका छन । त्यसै गरि जिल्लाभरका बिभिन्न स्थानमा राखिएका हेल्थ डेक्समा ६ हाजर एक सय ९३ जनाको स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ। जिल्ला बाहिरबाट नागरिकहरु जिल्लामा आउने क्रम भने रोकिएको छैन ।