दुनै: डाेल्पाकाे सदरमुकाम दुनै बजारको निर्वाचन क्षेत्रमा बाढि आउदा लाखौकाे क्षेति भएको छ । राति २ बजेपछि परेको मुसलधारे बर्षाकाे कारण सुख्खा खोलामा आएको बाढिले गए राति ठुलो जनधनको क्षेति गरेको हाे । सुख्खा खाेलाबाट आएको बाढिले मानविय क्षेति भने केही नभएकाे तर खेतबारीमा रहेको तरकारी र केहि घरमा बाढिले क्षेति गरेको स्थानिय व्यबसायी प्रेम थापाले बताए ।
निर्वाचन कार्यालय क्षेत्रको सुख्खा खाेलामा बाढि आउदा नेत्र शाहीको एक साैचालय पुरिएको छ भने बसन्त घर्तिले तर्कारी खेति गर्दै आएको किरब एक लाख बराबरको तरकारी नष्ट भएकाे छ । रातिकाे एक्कासि आएको बाढिले याे बर्षकाे सबै परिश्रम बाढिले खाई दियो पिडित वसन्त घर्तिले दुख व्यक्त गरे । सुति रहेको बेलामा राति एक्कासी बाढी आउदा दुनै बजार निर्वाचन क्षेत्रका बासिन्दाहरुकाे बिचल्लि भएकाे थियाे ।बाढि आएपछि सुतेका मानिसहरु भागाभाग गरेका थिए ।